मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नछाप्न प्रेस काउन्सिलको आग्रह

स्वास्थ्य समाचार/ प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्नरनगराउन सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ । बिहीबार एक विज्ञप्तिमार्फत काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको हो । काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ । ‘जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा ९१० मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य…