तिलोत्तमामा छिट्टै मेडिकल कलेज र खेल पूर्वाधार बन्छः विष्णु पौडेल

स्वास्थ्यसमाचार /नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले तिलोत्तमामा मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने बताएका छन् । तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको कार्य अघि बढेको बताउँदै छिट्टै पुर्वधार निर्माणको काम सुरु हुने बताए ।पुर्वधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उनले त्यसपछि तिलोत्तमा १ का बासीहरुको मुहार बदल्ने बताए । मेडिकल कलेज निर्माणसंगै सडक, पुर्वधार निर्माण हुने र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना…