डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गते यता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ । बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

नेपालमा डेंगु संक्रमण बाट ४४ जनाको मृत्यु, ३३ हजार ९७५ संक्रमित

स्वास्थ्यसमाचार/ डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म डेंगुबाट ४४ जनाको मृत्यु भएको हो । सातै प्रदेशको ७६ जिल्लामा फैलिएको डेंगुबाट साउनदेखि हालसम्म ३३ हजार ९७५ जना संक्रमित भइसकेका छन् । त्यसैगरी विगत २४ घण्टामा २७ जनामा कोभिड पुष्टि भएको छ । ८६७ पीसीआर र ६७९ एन्टिजेन गरी १ हजार ५४६ वटा नमुना परीक्षणबाट २७ जनामा संक्रमण देखिएको हो भने २६ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ भने २४ घण्टामा डेंगीबाट मृत्यु हुनेको संख्या शून्य छ…