स्वास्थ्य क्षेत्रमा यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्ण पाठ सहित)

स्वास्थ्य समाचार/ एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो। घोषणपत्रमा पाँच, दश र पन्ध्र शय्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुइ वर्षभित्र सम्पन्न गर्ने, जिल्ला अस्पताललाई २५ देखि ५० शय्याको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने उल्लेख छ। यस्तै काठमाडौं उपत्यकामा ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने, जटिल र घातक प्रकृतिका रोगहरूको…