स्वास्थ्यसमाचार /प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशमा कोभिड –१९ को पुर्व तयारीका साथ काम गर्दा संक्रमणको दरका आधारमा क्षतीकम भएको वताएका छन ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले बुटवलमा आयोजना गरेको कोभिड –१९ समिक्षा तथा सिआईसिटिटी अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बरालले क्षती न्यूनिकरण गर्न पूर्वतयारी जरुरी रहेको वताएका हुन । बरालले भने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बजेटको कमी हुन नदिने भन्दै उच्च मनोवलको साथ काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।
तपाईहरु नै हो यो युद्धको सिपाही आत्मवल उचो बनाएर काम गर्नुहोस् । प्रदेश सरकार तपाईहरुको साथमा छ ।’मन्त्री बरालले भने । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले कोभिड १९ नियन्त्रण गर्न सामूहिक प्रयासबाट सफल हुन सकिने बताए ।उनले समुदाय स्तरबाट तोकिएका नियम पालना गरिनु पर्नेमा जोड दिए ।
मन्त्री बरालले ‘दोस्रो वेभ’ भयानक हुन सक्ने भन्दै त्यसतर्फ सर्तक हुन आग्रह समेत गरे ।कार्यत्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले, स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ, सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी लगायतले कोभिड नियन्त्रण तथा रोकथाम चुनौतीपुर्ण रहेकोले सवै क्षेत्रबाट सामना गर्नुको विकल्प नरहेको बताएका थिए ।
समिक्षा कार्यक्रममा प्रादेशिक अस्पतालहरुका मेसुहरु, कोरोना विशेष आईशोलेसन अस्पतालका फोकलपर्सन, स्वास्थ्य कार्यालयहरुको फोकल पसर्नहरुले रिपोटिङ गर्दै अहिले गरेका कामको र अस्पतालको अवस्थाका बारेमा गराएका थिए ।

				
					
			
                            
                            
                            
प्रतिकया दिनुहोस्