एप मार्फत कोरोना संक्रमित खोज्दै प्रदेश ५ सरकार

कोरोना संक्रमण नियन्त्रणका लागि एप निर्माण

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि एप निर्माण गरेको छ । विशेषगरी कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुको विवरण संकलन गर्नका लागि एप निर्माण गरिएको मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेस सल्लाहकार सेरबहादुर केसीले जानकारी गराएका छन् ।

एपको प्रयोगबाट कोभिड(१९ भाइरसबाट संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका व्यक्तिहरूको विवरण पत्ता लगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ब्लूतुथमा आधारित प्रविधिको प्रयोग गरिएकोले नियमित इन्टरनेट वा मोवाइल डाटाको प्रयोग गरिरहनु नपर्ने, अफलाइन र अनलाइन दुवै अवस्थामा चलाउन सकिने र अफलाइन अवस्थामा चलाउँदा संकलन भएको विवरण अनलाइनमा हुँदा स्वत अपडेट हुने लगायतका विशेषता रहेका छन् ।

कोभिड(१९ भाइरसको सम्भावित संक्रमितको पहिचानका लागि कन्ट्याक ट्रटाकिङ सजिलै गर्न मिल्ने । सिङ्गापुर, दक्षिण कोरिया जस्ता देशहरूले समेत कोभिड(१९ को नियन्त्रणका लागि कन्ट्याक ट्रटाकिङ गर्नका लागि यो प्रविधिको प्रयोग गरिरहेको बताइएको छ ।

यस एपको माध्यमबाट संकलित विवरणहरू प्रदेश ५ सरकारसँग सुरक्षित रहने र कोभिड(१९ को नियन्त्रण एवम् व्यवस्थापनका लागि मात्र प्रयोग गरिने र प्रयोगकर्ताहरूको सूचना पूर्णतया गोप्य रहने छ ।

यस एपले कसरी काम गर्दछ ?

यस एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले जिपिएस लोकेसन तथा संक्षिप्त विवरण पेस गरी लग–इन गर्न सकिन्छ । लग(इन भएपश्चात ब्लूतुथ अप्सन अन गरिराख्नु पर्ने हुन्छ । यस एपको एउटा प्रयोगकर्ता अर्को प्रयोगकर्ताको नजिक जाँदा ब्लूतुथ प्रविधिको माध्यमबाट दुईजनाको एपमा सूचना आदान प्रदान हुन्छ ।

यसरी सम्पर्कमा आएका सबैको सूचना एप मार्फत प्राप्त हुनेहुँदा यदि कुनै प्रयोगकर्ता पछि परिक्षणमा कोभिड(१९ पोजेटिभ पाइएमा प्रयोगकर्तासंग सम्पर्कमा आएका अन्य प्रयोगकर्ताहरूको विवरणबाट सजिलैसँग र्यापिड कट्याक ट्रेसिङ तथा सेकेन्ड डिग्री कन्ट्याक ट्रेसिङ नगरी सजिलैसँग सम्भावित सवैको विवरण प्राप्त गर्न सकिन्छ ।

यो एप प्रदेश नं। ५ मुख्यमन्त्री पोर्टल (http://cm.p5.gov.np) मा गई डाउनलोड गर्न सकिन्छ ।

सम्बन्धित शिर्षक :