गुल्मी जिल्ला अस्पतालमा कार्यरत ११औँ तहका डा. गिरीको राजीनामा स्वीकृत

स्वास्थ्यसमाचार -लुम्बिनी प्रदेश सरकारले गुल्मी अस्पताल, तम्घासमा कार्यरत ११औँ तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. पदमराज अधिकारीको स्वेच्छिक राजीनामा स्वीकृत गरेको छ।

प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री रत्नबहादुर खत्रीका अनुसार मन्त्रिपरिषद् बैठकले डा. अधिकारीको राजीनामा स्वीकृत गरेको हो।

व्यक्तिगत तथा घरायसी कारणले नियमित रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न असमर्थ रहेको जनाउँदै डा. अधिकारीले २०८३ भदौ १५ गतेदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा स्वीकृत गर्न निवेदन दिएका थिए।

प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम १३९ को उपनियम (३) बमोजिम उनको राजीनामा स्वीकृत गरिएको मन्त्री खत्रीले जानकारी दिए।

डा. अधिकारी ११औँ तहमा बढुवा भएपछि गुल्मी जिल्ला अस्पतालमा हाजिर भएका थिए। त्यसपछि उनी बिदामा बस्दै आएका थिए।

सम्बन्धित शिर्षक :