भारी वर्षाको चेतावनीपछि बुटवलका विद्यालय दुई दिन बन्द

स्वास्थ्यसमाचार/सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै असोज ८ गते सामुदायिक तथा संस्थागत विद्यालयका दिवा सत्रका कक्षा बन्द रहने जनाएको छ । त्यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहनेछन् ।

बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन उपमहानगरपालिकाले अभिभावक तथा विद्यालय परिवारलाई आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक :