सरकारी कर्मचारीको तलब २१ प्रतिशतसम्म बढ्ने, आधारभूत तलबमा १० प्रतिशत वृद्धि

स्वास्थ्यसमाचार/ सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४० हजार कायम गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३/ ८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो । साउन १ गतेदेखि नयाँ तलबमान लागू हुने उहाँले बताउनुभयो ।

कर्मचारीले हाल खाइपाइ आएको पारिश्रममा २१ प्रतिशत वृद्धि गरी ग्रेडसहित न्यूनतम तलब करिब ४० हजारदेखि १ लाख रुपियाँ माथि कायम हुने अर्थमन्त्रीले बताउनुभयो ।

अर्थमन्त्री डा. वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत बृद्धि, कार्यसम्पादनको आधारमा १० प्रतिशत र ग्रेडका आधारमा गरी कुल २१ प्रतिशतले तलब बढ्नेछ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :