Advertisement /रुपन्देहीको भैरहवास्थित Siddhartha Institute of Medical Technology ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त तीनवर्षीय कार्यक्रमअन्तर्गत प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) तथा प्रमाणपत्र तह आयुर्वेद (कबिराज) कार्यक्रममा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ।
संस्थाद्वारा प्रकाशित सूचनाअनुसार प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) मा ४० सिट तथा प्रमाणपत्र तह आयुर्वेद (कबिराज) कार्यक्रममा पनि ४० सिट निर्धारण गरिएको छ। स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएका यी कार्यक्रमप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको संस्थाले जनाएको छ।
भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम २.० जीपीए प्राप्त गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्। साथै कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत कृषि, भेटेरिनरी तथा इन्जिनियरिङ विषय अध्ययन गरेका विद्यार्थीहरूले समेत आवेदन फाराम भर्न पाउने व्यवस्था गरिएको छ।
संस्थाका अनुसार अनलाइन आवेदन फाराम भर्ने प्रक्रिया २०८३ असोज २९ गतेदेखि सुरु भएको छ भने आवेदन दिने अन्तिम मिति २०८३ मंसिर १२ गतेसम्म तोकिएको छ। इच्छुक विद्यार्थीहरूले समयमै आवेदन दिन संस्थाले अनुरोध गरेको छ।
सिद्धार्थनगर नगरपालिका–१२, आवारोड, भैरहवामा रहेको उक्त संस्थाले विगत केही वर्षदेखि स्वास्थ्य शिक्षातर्फ दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ। संस्थाले गुणस्तरीय शिक्षा, प्रयोगात्मक सिकाइ तथा व्यवस्थित शैक्षिक वातावरणमार्फत विद्यार्थीलाई व्यावसायिक दक्षता प्रदान गर्दै आएको जनाएको छ। Advertisement


प्रतिकया दिनुहोस्