स्वास्थ्य सेवाका छ जना चिकित्सक एघारौँ तहमा बढुवा सिफारिस

स्वास्थ्यसमाचार/स्वास्थ्य सेवाका छ जना चिकित्सकहरु एघारौँ तहमा बढुवा भएका छन् । लोक सेवा आयोगले लिएको लिखित परीक्षा तथा अन्तर्वार्ताबाट विभिन्न उपसमूहका छ जना चिकित्सक एघारौँ तहमा बढुवाका लागि सिफारिस भएका हुन् ।

आयोगका अनुसार नेपाल स्वास्थ्य सेवा, अब्स्टे्रेटिक्स तथा गाइनोकोलोजी समूहबाट डा कीर्तिपाल सुवेदी कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट पद एघारौँ तहमा बढुवा भएका छन् ।

यस्तै मेडिसिन समूह, मेडिकल अंकोलोजी समूहबाट डा रमिला शिल्पाकार प्रमुख कन्सलटेन्ट मेडिकल अंकोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस भएकी छन् ।

यस्तै जहेस समूहबाट डा नविन दर्नाल प्रमुख मेडिकल सुपरीटेडेन्ट पदका लागि बढुवा सिफारिस भएका छन् ।यसैगरी सर्जरी समूहबाट कार्डियोथोरासिक सर्जरी उपसमूहबाट डा प्रसिद्धबिक्रम कँडेल प्रमुख कन्सलटेन्ट कार्डियोथोरासिक सर्जन एघारौँ तहमा बढुवा भएका छन् ।

यस्तै सर्जरी समूहबाट जनरल सर्जरी उपसमूहबाट डा उदिता मिश्रा प्रमुख कन्सलटेन्ट सर्जन पद एघारौँ तहमा बढुवा भएकी छन् ।यसैगरी अटोरिनोल्यारिगोलोजी समूह एघारौँ तह प्रमुख कन्सलटेन्ट इएनटी सर्जन पदमा डा रमेश भण्डारी बढुवा भएको आयोगले जनाएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :