लुम्बिनीमा दुई स्वास्थ्य अधिकारी डा. होदा र चौधरी ११ तहमा बढुवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य क्षेत्रका दुई जना वरिष्ठ अधिकारी ११ तहमा बढुवा भएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीले जारी गरेको सूचनाअनुसार स्वास्थ्य निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक रोशनलाल चौधरी र प्रदेश स्वास्थ्य सेवाअन्तर्गत मेडिकल जनरलिस्ट डा. मोहम्मद नुरुल होदा ११ तहमा बढुवा हुनुभएको हो।

बढुवासँगै चौधरी प्रमुख जनस्वास्थ्य प्रशासक पदमा पदोन्नति हुनुभएको छ भने डा. होदा प्रमुख कन्सल्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवा हुनुभएको छ। चौधरी हाल स्वास्थ्य निर्देशनालय लुम्बिनीमा निमित्त निर्देशकका रूपमा कार्यरत रहनुभएको छ। डा. होदा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत हुनुहुन्छ।

लुम्बिनी प्रदेश लोक सेवा आयोगको सिफारिस तथा बढुवा समितिको निर्णयअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूको बढुवा गरिएको जनाइएको छ। प्रदेश निजामती सेवा ऐन, २०८० बमोजिम बढुवा प्रक्रिया अघि बढाइएको हो।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :