नर्सिङ आन्दोलनप्रति लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघको ऐक्यबद्धता

स्वास्थ्यसमाचार/  नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिले हाल जारी नर्सिङ आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ। संघकी अध्यक्ष विष्णु खनाल पन्थी द्वारा हस्ताक्षरित विज्ञप्तिमा नर्सहरूले माग गर्दै काठमाडौं शिक्षण अस्पताल परिसरबाट सुरु गरेको आन्दोलन न्यायोचित रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूको मेहनत र समर्पणको मूल्याङ्कन गरी उनीहरूलाई सुरक्षित कार्य वातावरण र उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य सेवा मानव अधिकारसँग जोडिएको विषय हो। नर्सहरूको उचित मूल्याङ्कन र सम्मान बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन।”

संघले नर्सहरूको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै उनीहरूको सेवा र सुविधामा सुधारका लागि तुरुन्त कदम चाल्न आग्रह गरेको छ।

यस्तो छ बिज्ञेप्ती

सम्बन्धित शिर्षक :