स्वास्थ्यसमाचार/ कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–३ सोनबर्सी खरेन्द्रपुरमा चन्द्रौटा आधारभूत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमित पाण्डेमाथि आइतबार साँझ साङ्घातिक आक्रमणको प्रयास भएको छ।
चोरको निगरानीमा बसेकाहरुले डा पाण्डेमाथि हतियार प्रयोग गरी आक्रमण गर्न खोज्दा उनले मोटरसाइकल तिब्र गतिमा अघि बढाउँदा सडक दुर्घटना भई गम्भीर घाइते भएका हुन्।
प्राथमिक उपचारपछि अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रतिकया दिनुहोस्