स्वास्थ्यसमाचार/ जिल्ला अस्पताल पाल्पामा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेल नियुक्त भएका छन्। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. लाई स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशको निर्णयअनुसार रिक्त पदमा उहाँलाई नियुक्त गरिएको हो।
डा. पौडेलले यसअघि प्युठान जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रूपमा कार्य अनुभव बटुलिसक्नुभएको छ। नियुक्तिपछि उहाँले सरकारबाट प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघिका मेसु तुलसीपुरमा सरुवा भएसँगै पाल्पा अस्पतालमा पौडेलको सरुवा गरिएको हो।
प्रतिकया दिनुहोस्