बुटवल हस्पिटलमा एकै पटक १५ नर्सको माग, सेवा विस्तारको तयारी

स्वास्थ्यसमाचार /बुटवल हस्पिटल प्रा लिमा एकै पटकमा १५ जना नर्सहरूका लागि रोजगारी खुलेको छ । अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा नर्स सहितका कर्मचारी माग गरेको संस्थाका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो ।

उहाले डाईलाईसिस, सिटी लगायतका सेवा अस्पताल परिसरमै सञ्चालनको तयारी भएकोे वताउनु भयो । त्यसैगरि जनरल, एचडियु लगायतका विभागहरुको क्षमता थप गर्नु परेकोले कर्मचारी माग गरिएको हो ।

अस्पतालले जारी गरेको सुचना अनुसार एक हप्ता भन्दा वढी समय अवधी राखेर नर्सिङ स्टाफको माग भएको छ । उनिहरुलाई अन्तरवार्ताको विधिबाट छनोट गरिने मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण खनालले बताउनुभयो ।

आजभन्दा २५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा लि अहिले १ सय शैया संचालनमा छ । जहाँ विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसीयु, एनआईसीयु, एचडियू सहितका उपचार कक्षहरू संचालनमा छन् भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना छ ।

बुटवल हस्पिटल प्रा लिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ ।

सम्बन्धित शिर्षक :