संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको समन्वयमा “संक्रामक तथा नसर्ने रोग न्यूनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम”सम्पन्न गरिएको छ।

लुम्बिनी आयुर्वेद चिकित्सालयका निमित्त कार्यालय प्रमुख गणेश प्रसाद सापकोटाको अध्यक्षता लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपाध्यक्ष कल्पना हरिजनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा चिकित्सालयका आयुर्वेद चिकित्सक डा. योगेश ढकाल र डा. सन्दीप कार्कीले नसर्ने रोगको परिचय, जोखिम अवस्था, तथा जीवनशैली व्यवस्थापन सम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो।

त्यसैगरी, स्वास्थ्य कार्यालय, रुपन्देहीका ल्यावटेक्नीसिशयन अधिकृत खिमलाल पाण्डेले संक्रामक रोगको अवस्था र यसबाट बच्ने उपायहरूबारे सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा स्थानीय तहका स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेबिका तथा अन्य सरोकारवालाको सहभागीता रहेको थियो । यो कार्यक्रमले रोग नियन्त्रण तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने उदेश्यले गरिएको चिकित्सालयका प्रमुख सापकोटाले बताउनु भयो ।

सम्बन्धित शिर्षक :