नर्सिङ कर्मचारीको लागि सुरक्षित गर्भपतन सम्बन्धी तालिम शुभारम्भ

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ कर्मचारीहरूको लागि MVA (मिनिमल भजाइनल) बाट गरिने सुरक्षित गर्भपतन (क्याक) सम्बन्धी १४ दिने तालिमको शुभारम्भ गरिएको छ।

स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजनामा भएको तालिमको एक कार्यक्रमका बिच सुभारम्भ गरिएको हो ।

स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुबन कुबरको अध्यक्षतामा लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा बिबि राउतको बिशिष्ट आतिथ्य तथा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिड प्रमुख नेहा थापा, स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ नर्सिड अधिकृत बिद्या खत्री लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिड अधिकृत ज्योती पौडेलको आतिथ्यमा तालिम सुभारम्भ गरिएको थियो ।

तालिम सुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा बिबि राउतले स्वास्थ्यसंस्थामा कार्यरत नर्सिडहरुलाई समय अनुसार चल्न र गुणस्तरीय सेवा दिनको लागी यो तालिम महत्वपुर्ण रहने बताउनु भयो ।

उहाले लुम्बिनी प्रदेशमा मातृत्वमृत्यु ,नवजात मृत्यु दर र पोषणका सुचाक कमजोर रहेको अबस्था सुधारगर्नको लागी आबश्यक रहने बताउनु भयो ।हालको अवस्थामा, यस्ता समस्याहरूलाई सम्बोधन गर्न र जनचेतना बढाउन अझ बढी प्रयासहरू आवश्यक छन्।

उहाले यस क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य संस्थाहरूको पहुँच विस्तार, समुदायमा जनचेतना बढाउने कार्यक्रमहरू, र स्वास्थ्यकर्मीहरुलाई आबश्यक अनुसारको तालिम दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ नर्सिड अधिकृत बिद्या खत्रीले सुरक्षित गर्भपतन प्रक्रिया गराउनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्न डिजाइन गरिएको कोर्षवाट जटिलताका समाधान गर्न सहज हुने बताउनु भयो ।

उहाले गर्भपतनपछि उत्पन्न संक्रमण, रक्तस्राव, या अन्य चिकित्सकीय समस्या र ती समस्याहरूको उपचारको बारेमा पनि तालिम ले थप सहजता दिने बताउनु भयो ।

सुरक्षित गर्भपतन प्रक्रिया र यसका विधिहरूमा प्राविधिक र नैतिक तयारी गर्नका लागि यस्तो तालिम अत्यन्त महत्त्वपूर्ण हुने वताउनु भयो । कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुबन कुँबरले अत्यन्त आबश्यकता भएका ठाउमा मात्र तालिम दिएको बताउनु भयो ।

१४ दिन सम्म सिकेका कुरा लागु गरि प्रदेशमा देखीएको मात्रमृत्युदर नबजातशिसु मृत्युदरमा कमील्याउन तालिमले महत्वपुर्ण भुमिका निबार्ह गर्ने अपेक्षा राखेको बताउनु भयो ।

निर्देशक कुबरले तालिमबाट, गर्भपतन प्रक्रिया, जटिलतासँग जुझ्न र महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल राख्नका लागि आवश्यक क्षमताहरू प्राप्त गर्ने अपेक्षा राखिएको बताउनु भयो । तालिममा प्रमुख कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा बिबी रावत ज्योति पौडेल,प्रतिमा श्रेष्ठ लगायतले सहजीकरण गर्नुहुने छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, पिपरा अस्पताल कपिलबस्तु, भिम अस्पताल भैरहवा, रुकुमपुर्व अस्पताल रोल्पा अस्पताल प्युठान अस्पताल वर्दिया अस्पताल जोहाड प्राथामिक स्वास्थ्य केन्द्र गुल्मी लगायतका १० वटा अस्पतालका नर्सिड सहभागी रहेको तालिमको संञ्चालन लुम्बिनी प्रादेशिक अस्पतालका अस्पताल नर्सिड निरिक्षक प्रतिमा श्रेष्ठले गर्नु भएको थियो ।

नेपालमा विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको थियो ।

 

 

सम्बन्धित शिर्षक :