स्वास्थ्यसमाचार/राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो महाधिवेशनले डा समीर आचार्यको नेतृत्वमा २१ सदस्यीय प्रादेशिक कमिटी गठन गरिएको छ ।
संघ को उपाध्यक्षमा डा. रमेश भट्टराई र डा. पुष्पराज रिजाल साथै महासचिव मा डा.सम्राट पराजुली निर्वाचित भएका हुन । नयाँ गठन गरिएको समितिको कोषाध्यक्षमा डा. अमृता पाण्डे, उपसचिवमा डा. कृतिपाल सुबेदी चयन भएका छन् ।
यस्तै सदस्य डा. युधिष्ठिर राज खडका, डा. खगेन्द्र आचार्य, डा. अरुण ज्ञवाली, डा. राजेन्द्र पौडेल, डा. बिनोद सिंह, डा. परिधि भट्टराई, डा. कृष्ण खरेल, डा. सुवास शर्मा, डा. संगीता अधिकारी, डा. बिशाल काफले र डा. जितेन्द्र कोईरला चयन भएका छन् ।
यस्तै सल्लाहकारहरूमा डा. प्रश्यिचीत श्रेष्ठ, डा. गोकर्ण राज पंथी, डा. सन्तोष पोखरेल, डा. किशोर बञ्जाडे चयन भएका छन् ।कार्यक्रममा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल को प्रमुख आतिथ्य सम्पन्न महाधिवेशनको उदघाटन सत्रमा लुम्बिनी प्रदेश मुख्य मन्त्री, स्वास्थ्यमन्त्री, पूर्व मुख्य मन्त्री लगायतका उपस्थिति थियो ।
प्रतिकया दिनुहोस्