नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेश समितिद्वारा पद हस्तान्तरण

नयाँ दरबन्दी श्रृजना हुने अबस्था संघ र प्रदेशमा छैन स्वास्थ्य निर्देशक डा .गिरी

स्वास्थ्यसमाचार /नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको वार्षिक साधारण सभा तथा नबनिर्वाचित पदाधिकारी हरुलाई जिम्मेबारी हस्तान्तरण गरिएको छ ।प्रदेश अध्यक्ष हेमराज पाण्डेयको अध्यक्षता स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक तथा नेफाका सल्लाहकार डा. बिनोद कुमार गिरीको प्रमुख आतिथ्यता पद हस्तान्तरण गरिएको हो ।

केही समय भएको निर्वाचनमा सरोज रिमाल विजयी भएका थिए । सचिवमा नरेश बाबु श्रेष्ठ, खुल्लामा ४ जनामा मनोज ज्ञवाली, माधव राउत, आईतबार चौधरी र राजु केसी विजयी भएका थिए ।पद हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष हेमराज पाण्डेले आफ्नो कार्यकालमा नेतृत्वमा लुम्बिनी प्रदेशमा नेपाल जनस्वास्थ्य संघको गठन भएको लगभग २ वर्ष पुरा भएको छ।

लुम्बिनी प्रदेशको दोस्रो कार्यसमिति गठन भए देखि नै सक्रियता पूर्वक कार्य गरिरहेको जानकारी गराउन गराएका थिए ।
नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशले २०७८ माघ २८ गते देखि औपचारिकरुपमा कार्यभार ग्रहण गरेको जनाउँदै उनले २०७८ फागुण १३ गते तत्कालीन स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका मन्त्री तथा सचिवलाई जनस्वास्थ्यका रिक्त दरबन्दीहरूको पदपूर्तिको लागि ज्ञापन पत्र बुझाइएको जानकारी प्रगति प्रतिवेदनमा उल्लेख गरेका थिए ।

स्वास्थ्य निर्देशनालयबाट सर्भिलेन्स अफिसरहरूको लागि विज्ञापन भएको मा भर्चुअल माध्यमबाट विज्ञ मार्फत उम्मेदवारहरुलाई गोभि १९, टीबी, एचआईभी, मलेरियाको विषयमा अभिमुखीकरण गरिएको जनाकारी गराएका थिए । उनले आफ्नो कार्यकालमा जनस्वास्थ्य विद् दिल्ली रमण अधिकारीबाट जन स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण, भित्ते पात्रो निर्माण गरी विमोचन, भारतको प्रसिद्ध जवाहरलाल मेडिकल कलेज केएलई विश्वविद्यालयका प्रोफेसर डा. मुवासिर एङ्गोलकर विषयमा लेक्चर प्राप्त गर्ने व्यवस्था मिलाईएको जानकारी दिए ।

निर्देशनालयद्वारा नियुक्त गरिएका सर्भिलेन्स अफिसरहरूलाई नेफा लुम्बिनीद्वारा अभिमुखीकरण गरिएको, जनस्वास्थ्यकर्मीहरुलाई लक्षित गरी कार्यशाला गोष्ठी संचालन गरिएको लगायतको विषयमा आफ्नो कार्यकालमा काम गरेको जनाएका थिए ।

पद हस्तान्तरण कार्यक्रममा वोल्दै प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले पुराना दरबन्दीको लागी लोकसेवा मार्फत सुचना हुने र नयाँ दरबन्दी श्रृजना हुने अबस्था संघ र प्रदेशमा नभएको बताउनु भयो । उहाले स्थानिय तहमा दरबन्दी कामराख्नु पर्ने बताउनु भयो।स्थानिय तहले चाहे दरबन्दी राख्न सकन्े गिरीको भनाई छ। उहाले सरकारले जनस्वास्थ्यको क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनु भयो।

डा गिरीले प्रदेशमा नेफा थप सक्रियताका साथ संगठन बिस्तारमा लाग्नु पर्ने बताउनु भयो। कार्यक्रममा बन निर्वाचित अध्यक्ष सरोज रिमालले बोल्दै पहिलेका कामलाई निरन्तरता दिने र नयाँ कामको थालनी गर्ने बताउनु भयो ।उक्त अबसरमा निर्वाचन अधिकृत धर्म राजभट्टराई,सचिवमा नरेश बाबु श्रेष्ठले बोल्नु भएको कार्यक्रमको सञ्चालन सचिब निराजन पोखरेलले गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :