स्वास्थ्य क्षेत्रका समस्या सामाधानको खाका ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन।

मन्त्री नियुक्त भएपछी पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रीफिङ्सहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न भनेका हुन ।

ञसबै महाशाखाबाट समस्याका कुराहरु आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाइ लिखित रुपमा समाधानका बिकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौ,झ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने।

उननले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्ने बताए। ञस्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गने निकाय हामी नै हो, मन्त्रालयको मेकानिजम भित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ,प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ,।

मन्त्री पौडेलले भने। पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन आग्रह गर्दै भने,ञहामीले नतिजा कसरी दिन सक्छौं, त्यता केन्द्रीत हुनुपर्छ, राज्यको लगानी जति हो, त्यति प्रतिफल हामिले प्राप्त गर्न सकेका छैनौं, आफुले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौं।झ मन्त्री पौडेलले कानुनको अम्ब्रेलाबाट बाहिर कोहि हुन नहुनेसमेत बताए।

ञकानुनको अम्ब्रेलाबाट कोहि बाहिर हुन सक्दैन, त्यो छुट कसैलाई दिन हुदैन, पहिले हामीले स्वास्थ्य ऐन बनाउन पर्छ, बृहत् रुपमा तयारी गरेर सबै कुरा पर्ने गरेर त्यसको तयारी गरौं।झ उनले भने। पौडेलले स्वास्थ्यमा धेरै ठूलो जनशक्ति रहेकाले त्यसलाई सहि ढंगबाट कसरी प्रयोग गर्ने भन्नेमा पनि सोच्नु पर्ने बताए। पहुँच र लिगेसीको आधारमा कुनै कुरा नहुने भन्दै उनले पद्धतिको विकास आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे ।

ञकहि आवश्यकता भन्दा बढी जनशक्ति छ, कही जनशक्ति अभाव छ भन्ने छ, नीतिगत बिषय पनि सुल्झाउ, कार्यान्वयनको पाटोलाइ पनि हेरौ, पहुँच र लिगेसीको आधारमा कुनै कुरा हुन्न,सिस्टम बनाउने हो। उनले जनशक्तिलाई बेकामे नबनाउने गरेर योजना बनाउन र ग्रामिण जनताको स्वास्थ्य सेवामा पहुँच छ भन्ने देखिने गरेर काम गर्न पनि मन्त्रालयका बिभागीय प्रमुखहरुसँग आग्रह गरे ।

ञजनशक्तिलाई बेकामे नराखौं, छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरहरुलाई ग्रामिण क्षेत्रमा पहिले सेवा गर्नु पर्ने गरेर योजना बनाऔं, ग्रामीण क्षेत्रमा नगए सहरी क्षेत्रमा आउन सकिन्न भन्ने स्पष्ट होस, ग्रामीण क्षेत्रलाई पहिले प्राथमिकता राखौ, त्यसलाई गाइड गर्ने गरेर नीति बनाऔं।झ

मन्त्री पौडेलले भने। उनले कुन डाक्टरको काम कहाँ हो त्यहा पठाउने गरेर क्याटेगोराइज गर्दा धेरै समस्याको सामाधान हुने बताए।ञ जुन डाक्टरको जहाँ काम छ त्यहा पठाउं, सेवा सुबिधा थप्न सकिन्छ भने त्यसमा पनि पहल गरौं ।

मन्त्री पौडेलले मन्त्रालयले आमजनतामा रोग नै लाग्न नदिन के गर्ने भनेरसमेत जनचेतनामूलक सामग्री पुर्याउन नसकिएको भन्दै त्यतातर्फ पनि प्राथमिकता हुनुपर्ने बताए। ञजनतालाई रोग नै लाग्न नदिनका लागी ब्यक्ती आफुले चाहिँ के गर्ने भनेर चेतना जगाउने किसिमका सुचना जानकारी हरुलाई पनि प्राथमिकतामा राखौं,झ मन्त्री पौडेले भने।

मन्त्री पौडेललाई स्वास्थ्यसचिव रोशन पोखरेलसहित बिभिन्न महाशाखाका प्रमुखहरुले मन्त्रालयको बिभागीय काम,जिम्मेवारी, अवस्था र कामकारवाहीका क्रममा देखिएका समस्याका बारेमा सुनाएका थिए।

सम्बन्धित शिर्षक :