स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेशस्तरीय कार्यशाला एन्टिमाइक्रो (प्रतिजैविक) बुटबलमा सम्पन्न भयो।एन्टिबायोटिकको अव्यवस्थित प्रयोगमा सचेत नहुँदा ब्याक्टेरियाले रूप परिवर्तन गरिरहेको औषधिले काम नगर्ने अवस्था देखिन थालेकाले प्रदेश सरकारले सचेत गराउनको लागी यो कार्यशालाको आयोजना गरेको हो।
स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिब डा बिकास देबकोटाको अध्यक्षतामा भएको प्रदेशस्तरीय कार्यशालामा ४ बटा कार्यपत्र प्रस्तुत गरिएको थियो।बिभिन्न बिषयमा प्रस्तुत उक्त कार्यपत्रहरु स्वास्थ्यमन्त्रालय गुणस्तरमापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्य,उपमहा निर्देशक पशुसेवा बिभाग डा बरुण कुमार शर्मा,एफएच एसका कन्टी डाईरेक्टर भगवान श्रेष्ठ र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा बिकास देबकोटाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
कार्यपत्र प्रस्तुमा छलफल गर्दे सरोकारवालाहरुले बिभिन्न समस्या भएको बताए ।उनीहरुले अस्पतालमा पुरानो दरबन्दी को समस्या स्थानिय तहमा ल्याव कर्मचारी र बजेटको समस्या भएको बताए ।त्यस्तै औषधी ब्यबस्यायीहरुले तालिम जानकारी अनुगमन नभएको बताएका छन।
कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालिका स्वास्थ्यशाखा प्रमुख युबराज पान्डेले ल्याब परिक्षण पछिमात्र एन्टिबायोटिक चलाउनु पर्ने बताए ।
उनले जस्ता बिरामीलाई पनि एन्टिबायोटिक दिने कारण समस्या भएको बताए ।बिरामी हुदा औषधी ल्याउने तर बिचमा खान छोडदा समस्या हुने गरेको बताए ।उनले बुटबल उपमहा नगरपालिकाले यो समन्धी जनचेतना जगाउने कार्यक्रम संञ्चालन गर्ने स्थानिय जनप्रतिनिधीहरुका कार्यक्रमा यो बिषयलाई उठाउन लगाउने लगायतका कार्यक्रम नगरपालिकाले संञ्चालन गर्ने बताए।
राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकाले बिना परिक्षण एन्टिबायोटिक नचलाउनको लागी बिभिन्न कार्यक्रम गरेको बताए ।उनले गाउँपालिकामा जनशक्ती ल्याब बजेट जस्ता समस्याका बाबजुतपनि आफुहरुले यो अभियान संञ्चालन गरेको बताए ।
एउटै ठाउमा औषधी साईकल पेयपदार्थ लगायतका सामाग्री बेच्ने हुदा मानिसको स्वास्थ्यमा खेलवाड भएको बताउदै जनचेतना जगाउन प्रदेश संघलाई कार्यक्रम बनाउन आग्रह गरे । उनलेभने संघले प्रदेशले नियम बनाएपनि कार्यक्रन्यन स्थानिय निकाएको भएकोले समस्या भएको समेत बताए। राप्ती गाउँपालिका पशुसेवा कार्यलयका झबिन्द्र भन्डारीले भने कार्यक्रम कार्यन्यन गर्न स्थानिय तहमा जानुपर्ने भएकोले बजेट र जनशक्तीको अभाब रहेको बताए।
नेपाल औषधी ब्यबसायी संघ लुम्बिनीका महासचिब लुकराज न्यौपानेलेभने हामी औषधी ब्यबस्यीले बेचेपनि लेख्नेचिकित्सक स्वास्थ्यकर्मिका समस्याको कारण जथाभाबि एन्टिबायोटिकको प्रयोग बढी भएको बताए ।उनले मुहानबाट नै सफा गर्दे आउनु पर्ने बताए।
उनले औषधी ब्यबस्था बिभागको एक शाखा यस क्षेत्रमा राख्ननसकेकोमा गुनासो गरे ।
सरकारी निकायसंग हाम्रो भेट १ बर्षमा रिनु गर्नेबेलामा हुन्छ अनि कसरी अनुगमन उनले भने। उनले एन्टिबायोटिक जथाभाबि प्रयोग नगर्नको लागी बिद्यालयबाट जनचेतना जगाउनु पर्ने बताए।राष्टिय जनस्वास्थ्य प्रयोगशालाका सह प्रमुख वालकृण्ण अग्रवालले अस्पतालको बेड अनुसार ल्याबको दरबन्दी बृद्धिगर्नुपर्ने बताए । उनले ल्यावको रिपोटको आधारमा एन्टिबायोटिक चलाउनु पर्ने बताए। जनस्वास्थ्य प्रयोगशालालाई थप ब्यबस्थीत बनाउनु पर्ने समेत उनले बताए।
औषधीको प्रयोग जथाभाबी नगर्नको लागी समन्धीत निकायबाट जानकारी समेत गराउनु पर्ने बताए।यूएसए आईडि एस एस बिएसका निलकन्ठ गौतमले एन्टिबायोटिकको असर बिचमा छाडदा र परिक्षण नगराई खादा हुने समस्याको बारे बिद्यालय कलेज मिडियावाट गराउनु आबश्यक भएको बताए। नेपालमा औषधि बिक्री वितरणका लागि बनेका कानुन कार्यन्वयन गर्ने निकाय प्रभावकारी नभएको कारण एन्टीबायोटिकको प्रयोगमा समस्या देखिएको बताए ।
मत्स्य तथा पशुपंक्षि बिकास निर्देशनालयका डा प्रबेज आलमले उनले जान्नेहरुनै सचेत भए सबै कुरा ठिक हुने बताउदै उनले कुखुरा र दुधकोपरिक्ष ३ जिल्लामा गरिएको र त्यो रिपार्ट भन्न नसकिने गरि एन्टिबायोटिक प्रयोग भएको पाईको बताए। रुपन्देही कपिलबस्तु वाकेमा एन्टिबायोटिक बोईलर कुखुरा र दुधमा गरिएको बताए ।
पश्चिमाचल क्षेत्रिय अस्पतालका का मेटोन शरिता र्कार्कि युसिएमएस देबदह मेडिकल कलेजका चिकित्सक तथा अन्य सहभागीले एन्टिबायोटिकको प्रयोगले मानबियक्षेत्रमा ठुलो असर परेको बताए। नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको वताए ।
पशुपंक्षी पालनबाट छिट्टै लाभ लिने उद्देश्यले एन्टिबायोटिकको गलत प्रयोग गरिएको एन्टिबायोटिक बिना चिकित्सकको प्रिप्केसन सहजै मेडिकल र भेटनरीबाट खरिदबिक्री गर्ने र प्रयोगकर्ताले पनि बिना परामर्श प्रयोग गर्ने गरेको र यसरी प्रयोग गरिएका एन्टिबायोटिकले वातावरणमा समेत असर पर्ने र माछामासु प्रयोगकर्ताका साथै प्रयोग नगर्नेलाई समेत असर गरेको उनीहरुले बताए।
त्यस्तै नेपालमा औषधि बिक्री वितरणका लागि बनेका कानुन कार्यन्वयन गर्ने निकाय प्रभावकारी नभएको कारण एन्टीबायोटिकको प्रयोगमा समस्या देखिएको एन्टिबायोटिकको दुरूपयोग हुनुमा फार्मेसीमा चिकित्सकको प्रिप्केसन बिना नै खरिद गर्न पाउनु, जनचेतनाको अभाव, कानुनी रूपमा अनुुगमन नहुनु, एन्टिबायोटिकको प्रयोग विधिका बारेमा पूर्ण ज्ञान नहुनु, औषधिको मात्रा प्रयोग नगर्दा औषधिको प्रभावकारिता न्यून हुँदै मानिसको शरीरमा ईकोलाईको वृद्धि हुँदै गएको निष्कर्ष निकालिएको छ ।
यसका साथै वातावरणीय प्रभावसमेत रहेकाले मानिसमा हावा, पानी र वातावरणबाट पनि ईकोलाईको मात्रा बढेको कार्यक्रममा बताइएको थियो । कार्यक्रमको संञ्चालन स्वास्थ्य मन्त्रालय स्वास्थ्यमहाशाखा प्रमुख डा पुष्पराज पौडेलले गरेका थिए ।
के हो एन्टिबायोटिक रेसिस्टेन्स?
पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ। यस्तो अवस्थालाई मेडिकल भाषामा एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ। जथाभावी प्रयोगका कारण यस्तो अवस्था आएको हो। एन्टिबायोटिक रेसिस्टेन्स विश्वभरि चुनौतीको विषय बनेको छ। नेपालजस्तो विकासोन्मुख देशमा चुनौती अझै भयावह छ।
एन्टिबायोटिक रेसिस्टेन्सका कारण
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एन्टिबायोटिक रेसिस्टेन्सका कारणहरु निम्न छन।
– चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रिस्क्राइव गर्नु।
– बिरामीले उपचार बीचैमा छाड्नु।
– पशुपक्षीमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु।
– अस्पताल तथा स्वास्थ्य केन्द्रमा सङ्क्रमण नियन्त्रण प्रणाली कमजोर हुनु।
– सरसफाइ तथा स्वच्छताको अभाव हुनु।
– नया एन्टिबायोटिक उत्पादन नहुनु।
एन्टिबायोटिक रेसिस्टेन्सको लागि जिम्मेवार को?
साधारणतया एन्टिबायोटिक रेसिस्टेन्स हुनुमा स्वास्थ्यकर्मीलाई आरोप लगाइन्छ। तर यसमा स्वास्थ्यकर्मी मात्र नभई उपभोक्ता, कृषक तथा पशुपालक, नीति–निर्माता सबै जिम्मेवार छन्।
एन्टिबायोटिक रेसिस्टेन्स रोकथामका उपाय
एन्टिबायोटिकको जथाभावी प्रयोग तथा कमजोर सङ्क्रमण रोकथामको कारण एन्टिबायोटिक रेसिस्टेन्स बढिरहेको विश्व स्वास्थ्य सङ्गठनको ठम्याइ छ। यसलाई रोक्नका लागि समाजका सबै क्षेत्रको जिम्मेवारी महत्वपूर्ण रहेको छ।
कार्यशालामा बुटबल घोषणापत्र समेत जारी
प्रदेश भित्र प्रतिजैविक प्रतिरोध बिरुद्ध कार्य गर्नका लागि एक–स्वास्थ्य सरोकारवालाहरुको संयूक्त संजालको रुपमा प्रादेशिक प्राविधिक कार्य समिति गरियो।साथै प्राविधिक कार्य समितिको कार्य विवरण समेत पारित गरियो ।
प्रादेशिक प्राविधिक कार्य समिति मार्फत प्रतिजैविक प्रतिरोध बिरुद्धको प्रादेशिक कार्य योजनाको(PAP-AMR) मस्यौदालाइ एक स्वास्थ्य सरोकारवालाहरु संग छलफल र आवश्यक परिमार्जन गरी तिनमहिना भित्र स्वीकृतिको लागि सम्बन्धित मन्त्रालय मार्फत मन्त्रिपरिषद समक्ष पेश गर्ने।
आगामी बार्षिक योजना तथा बजेट को योजना बनाउनु पूर्व एक–स्वास्थ्य (One–Health) कासरोकारवाला निकायहरु मार्फत प्रतिजैविक प्रतिरोध बिरुद्धका एकीकृत तथा बिषयगत कार्यक्रमहरुतय गर्नेस्थानीय तहमा प्रतिजैविक प्रतिरोध बिरुद्धको कार्य योजनाहरु निर्माणका लागि स्वास्थ्य कार्यालयमार्फत पैरवी गर्ने। रुपन्देही र अर्घाखाँची जिल्लाबाट सो को थालनी गर्ने।
प्रादेशिक प्राविधिक कार्य समितिको प्रस्तावित संरचना
स्वास्थ्य मन्त्रालयको सचिव– अध्यक्ष
पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयको निर्देशक– सदस्य
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बिषयगत महाशाखाको प्रमुख– सदस्य
बन तथा वातावरण मन्त्रालयको बिषयगत महाशाखाको प्रमुख– सदस्य
स्वास्थ्य निर्देशनालयको चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखाको प्रमुख– सदस्य
मन्त्रालयले तोकेको प्रादेशिक अस्पतालको फार्मेसी बिभाग प्रमुख–सदस्य
मन्त्रालयले तोकेको मेडिकल कलेज÷स्वास्थ्य प्रतिष्ठानको बिषयगत अध्यापक÷प्राध्यापक– सदस्य
कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पसको बिषयगत अध्यापक÷प्राध्यापक– सदस्य
स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा तथा अनुगमन महाशाखाको प्रमुख– सदस्य सचिव
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला
प्रादेशिक पशुरोग अन्वेषण प्रयोगशाला
प्रतिकया दिनुहोस्