कोभिड आइसोलेशन सेन्टरलाई पूर्वमन्त्री शुक्लद्वारा स्वास्थ्य सामग्री प्रदान

प्रदेश सरकारबाट आबश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउछु :उद्योग वन तथा वातावरण मन्त्री पाण्डे

स्वास्थ्यसमाचार/पूर्वमन्त्री जनता समाजवादी पार्टी नेपाल का केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लले कोभिड आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

कोटहीमाई र मर्चवारी गाउँपालिकाको सहकार्यमा लायन्स क्लब अफ लुम्बिनी मर्चवारद्वारा मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन सेन्टरलाई विभिन्न सामग्री प्रदान गरेका हुन् ।

पूर्वमन्त्री शुक्लले सेन्टरलाई केएन नाइटीफाइभ मास्क ४ सय थान, सेनिटाइजर २० लिटर, सर्जिकल मास्क४ हजार थान, ग्लोब्स २ हजार थान, फेस शिल्ड १३० थान, व्यक्तिगत सुरक्षा सामग्री पीपीई २० थान,डिस्पोजेबल गाउन ४ सय थान, कभरअल ५० थान, सुज कभर १ सय थान, अक्सिजन केनुला ३० थान, अक्सिजन सिलिण्डर ८ थान अक्स्जिन कन्सनट्रेटर २ थान प्रदान गरेका हुन् ।

‘दोस्रो लहरको कोरोना महामारी फैलिएपछि भुंइमा राखेर उपचार गर्नुपर्ने अवस्था आयो, तर आइसोलेशन सेन्टर निर्माण भएपछि भविष्यमा यस्तो नहोस् भन्ने आधारशिला खडा भएको छ, ’पूर्वमन्त्री शुक्लले भने ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले समस्या परेको ठाउँमा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाको अथक प्रयासले समाधान बताइन् । शुक्लको सहयोगले मर्चवारमा कोभिड उपचार केन्द्र स्थापना भएको बताइन् ।

मर्चवारमा स्थापना भएको उपचार केन्द्रका कारण संक्रमित बिरामी बाहिर जानुनपर्ने स्थितिको सिर्जना भएको मन्त्री पाण्डेले बताइन् ।स्वास्थ्य क्षेत्रमा काम अगाडी बढाउन प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय भइरहेको उनले बताइन् ।

कोभिड उपचार केन्द्रलाई आवश्यक परेको सामग्रीको लागि जानकारी गराउन आग्रह गर्दै उनले प्रदेश सरकारबाट उक्त सामग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।लायन्स क्लब अफ लुम्बिनी मर्चवारका संस्थापक अध्यक्ष सन्दिप त्रिपाठीले कोरोना महामारीको नियन्त्रण तथा रोकथामको लागि मझगावामा २५ बेडको कोभिड आइसोलेशन सेन्टर निर्माण गरिएको बताए ।

 

सम्बन्धित शिर्षक :