समितिको एक्लो प्रयासले मात्रै अस्पतालको विकास असम्भव :अध्यक्ष भन्डारी

स्वास्थ्यसमाचार / भीम अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष नारायण प्रसाद भण्डारीले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै भण्डारीले अस्पतालको विकासका लागि सबैसंग हातेमालो गर्दैै आवश्यक सल्लाह–सल्लाह लिएर अगाडी बढ्ने वताए् । उनले समितिको एक्लो प्रयासले मात्रै अस्पतालको विकास नहुने भएकोले सल्लाह–सुझाव, सहकार्य र सहभागितामा नै आफू अगाडी बढ्ने बताए ।

कोभिड–१९ को विषम परिस्थितिमा अक्सिजनको अभाव भएकोले अस्पतालमा अक्सिजन प्लान्ट लगाउने अभियान चलाउन आवश्यक रहेको बताए । ‘अस्पताल भित्रै कोभिडका बिरामीहरुको उपचार भइरहेको छ, बाहिर रहेका बिरामीलाई पनि भित्रै व्यवस्थापन गर्दै आएका छौं,’ उनले भने ।

सकभर बिरामीलाई बाहिरबाट अक्सिजन ल्याउन रोक्ने प्रयास गरिएको उनले बताए । ‘भित्रका विरामीलाई अक्सिजनको व्यवस्थापन अस्पतालबाटै हुनुपर्छ, ’उनले भने ।

अस्पतालको मास्टरप्लान बनेको छ, नयाँ भवन बनाउनुपर्नेछ, अस्पतालमा उपचार पाइन्छ सेवासुविधा छ भन्ने भाव पैदा गराउन चाहन्छौं, ’उनले भने । अस्पतालको लागि बजेट अभाव हुन नदिने गरी स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयसंग भइरहेको भण्डारीले बताए ।

जनसमुदायको अपेक्षा सकेसम्म पदपूर्ति गरेर अगाडी बढ्ने उनको भनाइ छ । काम गर्नु अघि धेरै बोल्नु भन्दा पहिला काम गरेर देखाउनुपर्ने उनले बताए ।

लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्को वैशाख २२ गतेको निर्णय अनुसार नारायण प्रसाद भण्डारी तीन वर्षे कार्यकालको लागि भीम अस्पताल विकास समितिको अध्यक्षमा मनोनित भएका हुन ।

अस्पताल विकास समितिका नवनियुक्त सदस्य संगिता रेग्मीले कोभिड–१९ को कठिन परिस्थितिमा जिम्मेवारी पाएको बताइन् । उनले सल्लाह–सुझाव लिएर अघि बढ्ने बताइन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले चुनौतीपूर्ण बेलामा जिम्मेवारी पाएको अस्पताल विकास समितिलाई सबैको सहयोग जरुरी रहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले गुणस्तरीय सेवालाई ध्यान दिनुपर्ने र त्यसका लागि पूर्वाधार र दक्ष जनशक्तिको आवश्यकता रहेको बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अस्पतालको टिमले निरन्तर बिरामीलाई सन्तुष्ट बनाउने कार्यमा लागेको बताइन् ।

उनले आवश्यक जनशक्ति प्रयाप्त नहुँदा सोचे अनुरुप काम गर्न त्यति सहज नरहेको बताइन् अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले अस्पतालमा विरामीको चाप रहेको बताए ।

 

सम्बन्धित शिर्षक :