लुम्बिनी प्रादेशिक अस्पतालका ८९ स्वास्थ्यकर्मि कोरोना संक्रमित

२३ जना निको अन्य केहि अस्पतालमा उपचाररत, लक्षण नदेखिएका घरमै आइसोलेट

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल अफिसर नर्सिङ स्टाफ पारामेडिक र सपोर्टिङ स्टाफ गरि ८९ जना संक्रमित भएका छन संक्रमितकै उपचारका खटिने क्रममा उनीहरुलाई संक्रमितहरुबाटै संक्रमण सरेको अस्पतालले जनाएको छ।

अस्पतालका सुचना अधिकारी डा.बिष्णु गौतमका अनुसार ९ जना मेडिकल अफिसर, नर्सिड अधिकृत  ८ जना अहेब १२ जना नर्सिङ स्टाफ, १८ जना सपोर्टिङ १० स्टाफ, ल्याबका स्टार्फ नर्स ६ जना फिजीयो २ जना एच ए २ जना अक्शीजनमा कार्यरत २ जना सुरक्षा गाड  ३ प्रशासन तर्फबाट ३ जना र फर्मासिस्ट तर्फका ८ गरि कुल ८९ जनामा संक्रमण पुष्टि भएको मा २३ जना निको भएका छन ।

लक्षण सहितका केहि को अस्पतालमा उपचार चलिरहेको छ भने लक्षण नदेखिएका संक्रमितहरु निवासमै आइसोलेट भएको डा गौतमले बताए ।
अस्पतालले कोरोनासंग सरोकार नरहेका बाहेक सबै कन्सल्टेण्ट, मेडिकल अफिसर र कोरोना करारका चिकित्सकहरुलाई कोरोना संक्रमणको उपचारमा परिचालन गरेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

एकै पटक यति धेरै स्वास्थ्यकर्मीहरु संक्रमित हुन पुग्दा सेवामा सामान्य असर पुग्नु स्वाभाविक भएको उनले बताए ।अस्पतालमा कुल ६सय कर्मचारी कार्यरत छन् । डा. गौतमका अनुसार अस्पतालमा मेडिकल अफिसर लेबलका १८ जना, विकास समितिबाट १५ जना, कोरोना करारमा नियुक्त भएका ८ जना तथा कन्सल्टेण्ट चिकित्सकहरु करिव ३५ जना कार्यरत छन् । कोरोना संक्रमणको उपचारका लागि मात्र १ सय बढी स्टाफ नर्सहरु करारमा भर्ना गरिएको छ ।

जनशक्तिमा कमी नहोस् भनेर वार्डहरु मर्ज गरेर कोरोना संक्रमतिको उपचारको ब्यवस्था मिलाईएका कारण अहिलेसम्म समस्या नदेखिएको डा. गौतमले बताए ।
जनशक्तिको अभाव हुन नदिन अन्य वार्डहरुबाट दक्ष जनशक्ति सिफ्ट गरेर भएपनि उपचारमा कमी आउन नदिने गरि तयारी भईरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए। आवश्यकता अनुसार मिलाउन सकिएसम्म अन्य वार्डबाट सिफ्ट गरेर पनि ब्यवस्था मिलाउँदै छौं ।’ खनालले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पताल सहित इमर्जेन्सी र फिभर क्लिनीकमा गरि ३सय ५८ जना संक्रमितिको उपचार भैरहेको डा. गौतमले बताए ।

 

 

सम्बन्धित शिर्षक :