राप्ती प्रादेशिक अस्पतालमा सीटी स्क्यान मुख्यमन्त्री द्धारा उद्घाटन

स्क्यान सेवाकालागि बाहिरी जिल्ला जानुपर्ने वाध्यताको अन्त्य

स्वास्थ्यसमाचार/ दाङको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा ‘सीटी स्क्यान सेवा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरे ।

लुम्बिनी प्रदेशको सरकारबाट प्राप्त ३ करोड ५० लाख लागतमा उक्त सेवा सुरु गरिएको हो । अस्पतालमा सेवा सुरु भएसँगै सीटी स्क्यान सेवाकालागि बाहिरी जिल्ला जानुपर्ने वाध्यताको अन्त्य भएको छ ।

उद्घघाटन अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल भएपनि सेवाका हिसाबले प्रादेशिक अस्पतालका रुपमा विकास हुन नसकेको बताए । प्रादेशिक अस्पताल रेफर अस्पतालका रुपमा रहेको भन्दै यो समस्या अन्त्य गर्नु पर्नेमा जोड दिए । उनले भने ‘पूर्वाधार हामी निर्माण गर्छौं, तपाईहरुले कसरी प्रभाबकारी सेवा दिने भन्ने विषयमा चासो दिनुस् ।’

सीटी स्क्यान सेवाको साथसाथै संघीय सरकारको ६ करोड ५० लाखको लागतमा निर्माण भएका अस्पतालको नर्सिङ तथा चिकित्सक क्याटरकोको समेत उदघाटन गरे । ।

सम्बन्धित शिर्षक :