तिलोत्तमा वडा नं. ५ मा पनि खुल्यो सरकारी स्वास्थ्य संस्था

आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख र उप–प्रमुखद्धारा संयुक्त उद्घाटन

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नं. ५ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । सोमबारबाट वडा नं. ९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै तिलोत्तमा नगरपालिकामा सरकारी स्वास्थ्य संस्थाको संख्या १६ पुगेको छ ।

वडा नं. ५ को मणिग्राम (गिर्वाण माविको अगाडि) स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।

।हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो । स्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भैरहेको छ ।

हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् ।

आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् । कार्यक्रममा वडाध्यक्ष चेतनारायण भण्डारीको अध्यक्षतामा भएको हो ।

सम्बन्धित शिर्षक :