तिलोत्तमा नगरपालिका सामुदायिक विद्यालयमा स्टाफ नर्स

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिका एक दर्जन सामुदायिक विद्यालयहरुमा स्टाफ नर्स राखिने भएको छ ।नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका १२ वटा विद्यालयमा स्टाफ नर्स नियूक्त गरिएको तिलोत्तमा नगरपालिकाका प्रशासकीय प्रमुख माधवप्रसाद शर्माले वताए ।

विद्यालयमा प्राथमिक उपचार तथा स्वास्थ्य सुरक्षाका लागि छनोट भएका प्रत्येक विद्यालयहरुमा स्टाफ नर्स नियूक्त गरिएको हो । नगरमा रहेका कुल ४३ विद्यालय मध्ये बाँकी रहेका अन्य सामुदायिक विद्यालयहरुमा समेत शैक्षिक मापदण्ड पूरा गर्ने योजनामा नगरपालिका रहेको छ ।

तिलोत्तमामा ३९ वटा निजी विद्यालय रहेका छन् ।विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत सुरु हुन गइरहेको नर्सिङ स्वास्थ्य सेवाका लागि नगरपालिकाको आयोजनामा तालिम सञ्चालित रहेको सुरु गरेको छ। २१ गते शुक्रबारबाट सुरु भएको तालिम २४ सोमबार सम्पन्न तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए ।

उनले बालबालिकाहरु रहने विद्यालयमा नर्सको व्यवस्था हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा थप टेवा पुग्ने तिलोत्तमा स्थित श्री शंकनगर दुर्गादत्त मा.वि.का प्रधानाध्यापक चण्डी पाण्डेले बताए ।नगरपालिका प्रमुख बासुदेब घिमिरेले नर्स राखिने भएपछि बालबालिकाको स्वास्थ्यमा सकारात्मक सन्देश प्रभाब हुने बताए ।

सम्बन्धित शिर्षक :