कोरोनालाई जितेर छिट्टै जनताको सेवामा जान्छु:अध्यक्ष हिरा केवट

स्वास्थ्यसमाचार/ जनताको मुक्तीको निम्नी जनयुद्धमा लडेको रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनले कोरोना संक्रमण देखिएपछि आफनो फेसबुक बालमा लेखेको छन दुश्मनको गोलीले केही गर्ने नसकेको लाई कोरोना जिरो हुन्छ। उनी स्थानिय चुनाबमा माओबादीका तर्फवाट रुपन्देहीमा एकमात्र गाउँपालिका जितने अध्यक्ष भएका थिए ।

उनले भने जनतालाई सेवा गर्ने क्रममा पि सि आर चेक गर्दा पोजेटिभ देखिएकोले आफुलाइ गर्भ लागेको छ कि सेवा नै धर्म हो सबै जनताको सेवा गर्दा आफ्नो बलिदान दिन परेपनि आफुलाई पछुतो नहुने बताएका छन। मेरो परिवार ,इस्टमित्र,मा कुनै चिन्ता नलिनुहुन हार्दिक अनुरोध गर्दै मेरो परिवारमा ३ जनामा पोजेटिभ देखिए पनि हजुरहरुको स्नेह माया ममताको आशा र आशीर्वादको अपेक्षा गर्दा छु अध्यक्षले भने ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट उनकी २० वर्षीय छोरी, ४२ वर्षीय चालक, ५० वर्षीय एकजना वडा सदस्य र ३२ वर्षीय एकजना वडा सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको केवटले बताए । भाद्र ३ गते वडा सचिवको र गत बिहिबार अरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा आज रिपोर्ट आएको अध्यक्षले बताए ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा सुरक्षित रुपमा बसेको अध्यक्षले बताए आफुलाई केहि लक्षण नदेखीएको केवटले बताए ।अरु कसैलाई पनि लक्षण देखिएको छैन। जनप्रतिनिधि र कर्मचारीमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय भदौ २० गतेसम्मका लागि कार्यालयका अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

अध्यक्ष हिराले भने जनयुद्धमा दुश्मनको गोलीले केही गर्न नसकेको लाई कोरोना जिरो हुन्छ केहि दिनमा म फेरी जनताको सेवामा हाजीरहुन्छु ।

सम्बन्धित शिर्षक :