प्रदेशसभा सांसद पाण्डेयले दिए एम्बुलेन्स चालकलाई पिपीई

स्वास्थ्यसमाचार /प्रदेश ५का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले एम्बुलेन्स चालकलाई १० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई ) प्रदान गरेका छन् । उनले संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देही भैरहवा शाखाका सदस्यद्वय राकेश यादव र रामभक्त भण्डारीलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको बेला फ्रन्टलाइनमा रहेर काम गरिरहेका एम्बुलेन्स चालकलाई आफुले पीपीई उपलब्ध गराएको सांसद पाण्डेयले बताए ।

उनले विरामीलाई बोकेर एम्बुलेन्स मार्फत अस्पताल पु¥याउने चालकको महत्वपूर्ण भुमिका रहेको बताए ।“एम्बुलेन्स चालकहरुले उच्च जोखिममा मोलेर महामारीको बेला काम गरिरहनुभएको छ, जनप्रतिनिधि तथा जनताको सेवकको दायित्व भनेकै हरेक संवेदनशील क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सहयोग गर्नु हो, उनले भने ।

आगामी दिनमा महामारीविरुद्ध लड्न सहज हुने अतिआवश्यक वस्तुहरु उपलब्ध गराइने तत्कालिन समाजवादी पार्टी प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक तथा जनता समाजवादी पार्टी नेपालका नेता समेत रहेका पाण्डेयको भनाइ छ ।

पीपीई ग्रहण गर्दै संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देही भैरहवा शाखाका सदस्य राकेश यादवले जोखिममा रहेर काम गरिरहेका एम्बुलेन्स चालकहरुलाई सरकारले पीपीई उपलब्ध नगराएको अवस्थामा प्रदेशसभा सांसदले उपलब्ध गराउनु प्रशंसनीय रहेको बताए ।

उनले सांसद पाण्डेयलाई धन्यवाद दिदैं आगामी दिनमा केही अतिआवश्यकीय वस्तु चाहिए उपलब्ध गराउन आग्रह गर्ने बताए ।
पीपीई हस्तान्तरण कार्यक्रममा भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्याय, नेपाल सि.एम.ए. संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

यस अघि सांसद पाण्डेयले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई २०÷२० थान पीपीई उपलब्ध गराइसकेको तत्कालिन समाजवादी पार्टी सिद्धार्थनगरका इञ्चार्ज तथा जनता समाजवादी पार्टी नेपालका नेता बैजनाथ गुप्ता (बी.एन.)ले बताए ।

सम्बन्धित शिर्षक :