कोरोना निको भएकामा पुन संक्रमण: आइसोलेसनमा राखेर उपचार

दोस्रोपटक देखिए के गर्ने? छैन सरकारको तयारी

स्वास्थ्यसमाचार/ कोरोना भाइरस निको भएर फर्किएका ३ जनामा पुनः कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार कोरोना निको भएर डिस्चार्ज भएका तीनै जनामा एक हप्तापछि फ्लोअप परीक्षण गर्दा पुनकोरोना पोजेटिभ देखिएको हो ।

निको भएर पाटनबाट फर्केका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट बस्ने ५८ वर्षीय पुरुष र वीरगन्जस्थित नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका एक १९ वर्षीय युवक र वीरगन्जमा जमाती आएका एक भारतीय नागरिकको शुक्रबार पुनः कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरु सबै नियमित प्रक्रियामा एक हप्तापछि अस्पतालमा फ्लोअपका लागि पुगेका हुन् । ‘उनीहरुमा कुनै लक्षण देखेर अस्पताल पुगेका होइनन्, एक हप्तापछि नियमित फ्लोअपमा आउँदा स्वाब परीक्षण गर्दा कोरोना पुन पोजेटिभ देखिएको हो, मन्त्रालय स्रोतले भन्यो।
तर, उनीहरुमा देखिएको भाइरस एक्टीभ हो वा प्यासीभ अहिले त्यो भन्न सकिने अवस्था छैन् ।

नेपालमा भाइरसको कल्चर परीक्षण नहुने हुँदा अहिले त्यो एक्टीभ हो वा प्यासिभ हो भनेर छुटाउने सकिएको छैन् ।तीन जनामा पुन कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखेर पुन उपचार थालिएको छ ।

सम्बन्धित शिर्षक :