स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलन गर्न सरकारको आह्वान

बुद्ध जयन्ती का दिन वैशाख २५ गते साँझ ७ बजे

स्वास्थ्यसमाचार/कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ।

सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गरेका हुन्।’

यसअघि प्रधानमन्त्री ओलीले देशवासीलाई वैशाख १ गते बिहान राष्ट्रिय गान गाउन आग्रह गरेका थिए। २५ गते वुद्धजयन्ती पनि परेको छ ।
त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो ।

तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरिएको हो ।

सम्बन्धित शिर्षक :