ए एच एफ नेपालद्धारा लुम्बिनी अस्पताललाई स्वास्थ्य सामाग्री

पिपीई र्सजीकल मास्क थर्मल गन लगायतका स्वास्थ्यसामाग्री हस्तान्तरण

स्वास्थ्यसमाचार/ ए एच एफ नेपालले NAP+N को साझेदारीमा लुम्बिनी प्रादेशिक अस्पताललाइ कोरोना उपचार मा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

ए एच एफ नेपालका क्षेत्रीय कार्यक्रम संयोजक धर्म राज भट्टराई ले पिपिई-१९ थान, N95 मास्क – ५० थान, सर्जिकल ग्लोभ्स – ८सय जोडा, थर्मल गन् – १ थान, रियुसेबल गोग्ल्स-१५ थान लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष सुर्य बहादुर भट्टराई लाइ एक समारोहका बिच हस्तान्तरण  गरे ।

समारोहमा लुम्बिनी प्रादेशिक अस्पतालका एचआईभी फोकल पर्सन रुपलाल पन्थी, स्टोर प्रमूख बबिता बजिमय, NAP+N का प्रतिनिधि एबम आशाज्योती सहयोग समूहका कार्यक्रम अधिकृत नमराज श्रेष्ठ को पनि उपस्थिति थियो । ए एच एफ नेपाल लुम्बिनी प्रादेशिक अस्पतालमा बिगत ८ बर्ष देखि एचआईभी एड्स को परिक्षण र उपचारमा सहकार्य गर्दे आइरहेको छ।

सम्बन्धित शिर्षक :