नेपालगञ्ज मेडिकल कलेजको आईसोलेसनमा बिरामीको मृत्यु

स्वास्थ्यसमाचार/नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका एक जना बिरामीको मृत्यु भएको छ ।

बर्दिया गुलरियाबाट उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका ईसराईल बेहनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक इसरायल दुई दिन अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनी पहिलेदेखि नै दम रोगबाट पिडीत भएको अस्पतालले जनाएको छ । मृतक इसरायललाई कोरोनाको लक्षणसँग मिल्दोजुल्दो खोकि र ज्वरो आएपछि अस्पताल ल्याईएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले निमोनियाका कारण बिरामीको मृत्यु भएको हुनाले स्वाब परीक्षणका लागि अस्पतालले नपठाएको बताए । यसअघि बुटवलस्थित कोरोना विशेष अस्पतालको आईसोलेसनमा भर्ना भएका सैनामैनाका बाबुराम थापाको मृत्यु भएको थियो । योसँगै प्रदेश ५ मा आईसोलेसनमा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

 

सम्बन्धित शिर्षक :