बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवकको कोरोना ‘नेगेटिभ’

स्वास्थ्यसमाचार/ बुटवलको कोरोना विशेष अस्पतालको आइसोलेसन मृत्यु भएका ३४ वर्षीय युवकको दोश्रो स्वाब परीक्षण नतिजा कोरोना ‘नेगेटिभ’ आएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको दोश्रोे टेष्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो । मृतक बिरामी उच्च शंकास्पद भएकाले उनको स्वाब दोस्रो पटक परीक्षण थालिएको थियो ।

अस्पतालको आइसोलेसन वार्डमा चार दिनदेखि उपचार गराइरहेका पाल्पा घर भई रूपन्देहीको सैनामैना नगरपालिकामा बस्दै आएका बाबुराम थापाको आइतबार मृत्यु भएको थियो ।

उनका छिमेकीका अनुसार उनी दुबईमा ट्याक्सी चालक थिए । उनी चैत ६ गते दुबईबाट काठमाडौं आएका थिए । काठमाडौंबाट बस चढेर चैत ७ गते परिवारको सम्पर्कमा आए । चैत १० गतेदेखि उनलाई ज्वरो र खोकी लाग्न थालेपछि स्थानीयकै सल्लाहमा चैत ११ गते स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गराएका थिए । सुरुमा टाइफाइडको औषधि खाए ।

रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्र खनालले बताए ।मृतक क्षेत्रीको स्वावको पहिलो परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि दोश्रो परिक्षण गरिएकोमा दोश्रो रिपोर्टमा पनि कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्र खनालले बताए ।

यसअघि नेपालमा ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपनि एकजना उपचारपछि निको भएर घर फर्किईसकेका छन् भने चारजना उपचाररत रहेका छन् ।

सम्बन्धित शिर्षक :