डाक्टरलाई घरबेटीले भने अब देखी बाहिरै बस्नुहोस

दिनरात खटिने स्वास्थ्यकर्मी,प्रहरी,सञ्चारकर्मी लाई सम्मान गरौ :घरबाल सरोकार संघ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशीक अस्पतालको इमरजेन्सिमा बिगत ९ महिनादेखी कार्यरत मेडीकल अफिसर डाक्टर बिनोद बढाइ छिमेकी जिल्ला कपिलबस्तुका हुन ।

उनी बुटवलमा जागीर गर्न थालेदेखी नै जानकीनगरमा फ्याल्ट नै लिएर बस्न थाले । अबिबाहित उनी एक्लै बस्छन र प्राय काममा नै खटिरहेका हुन्छन । तर आइतबार बुटवलमा कोरोनाको आशकामा उपचार गराइरहेका रुपन्देही सैनामैनामा बस्ने बाबुराम थापाको मुत्यु भएपछी उनलाइ घरबेटीले बाहिरै बस्न सुझाए ।

आफु बसीरहेको फ्याल्टमा सामान त्यही राखेर ताल्चा ठोकेर हिजोबाट उनी सिद्धार्थ कटेजमा बस्न पुगेका छन । जहा प्रादेशीक अस्पतालले निश्चित स्वास्थ्यकर्मीलाइ बस्ने ब्यबस्था मिलाएको छ ।

कोरोनाको आशंकामा मान्छे मर्न थालेको भन्दै हिजोबाट घरबेटीले छरछिमेकीले पनी नराम्रो मान्न थाले । तपाईहरुबाट पनि हामीहरुलाइ जोखीम बढ्छ भन्दै अब सक्रमणको जोखीम नसकिदासम्म बाहिरै बस्नुहोस भने , डाक्टर बिनोदले भने – हप्ताको एक दिन राउन्डमा बुटवल कोरोना बिशेष अस्पताल धागो कारखानामा पनी जानुपर्छ । नियमीत रुपमा काममा खटिरहनुपर्ने बाध्यता छ ।

ड्युटीको टुङगो हुदैन । अझ बिभिन्न देशमा डाक्टरहरु पनि कोरोनाको उच्च जोखीममा भन्ने समाचारको प्रभाबले पनि हुनसक्छ घरबेटीहरुले डाक्टर र स्वास्थ्यकर्मीमाथी आशंका गरिरहेका छन । ” आफु माथील्लो फ्याल्टमा बस्ने भएकाले त्यस्तो जोखीम हुदैन भन्दै गर्दा घरबेटीले त्यसो भनेपछी अब डेरा सर्ने उनको भनाई छ ।

यस्तो बेलामा सबैले सहयोग गर्नुपर्छ, कोहि आत्तिएर हुदैन, प्रादेशीक अस्पताल बुटवलका अध्यक्ष सुर्य भटराइले भने – यो संयमीत हुने बेला हो सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ । हिजोकै केशमा मृतककी श्रीमती बिचल्लीमा परेकी थिइन ।

आफन्त र इस्टमित्र कोही आएनन । हामीले साझ एम्बुलेन्सको ब्यबस्था गरेर पठायौ । कोरोना हो होइन अझै पुष्टी भएको छैन तर आत्तिने र हतास मानसीकता बोक्नु भएन । यस्तो बेलामा स्वास्थ्यकर्मीहरु दिनरात खटिरहेका हुन्छन । उहाहरुलाइ सबैले सहयोग गर्नुपर्दछ ।

उनीमात्र होइन अन्य स्वास्थ्यकर्मीहरुलाइ पनी कोरोनाको जोखीम बढ्ने र आफुहरुलाइ पनी सर्ने सम्भावना रहेको भन्दै घरबेटीहरुले डेरा गरी बस्ने स्वास्थ्यकर्मीमाथी कर्के नजर लाइरहेका छन ।

डाक्टर दुर्गा सुर्खाली भन्छन – हामी नेपाली सजग भन्दा बढी त्रसीत हुन्छौ । यस्तो बेलामा स्वास्थ्यकर्मी नहुने हो भने हालत के हुन्छ ,सबैले शंका गर्नुभएन र आ आफ्नो ठाउबाट सहयोग गर्नुपर्यो ।

यता घरबहाल सरोकार महासघं नेपालका केन्द्रिय अध्यक्ष बलभन्द्र कुवरले भने नेपाल सरकारले १ महिनाको भाडा नलिन भन्दै आग्रह गरेको बेला दिनरात खटिने स्वास्थ्यकर्मी,प्रहरी,सन्चारकर्मी जो डेरागरी बस्नुहुन्छ उहाँहरुलाई सम्मानजनक र एकनाशको ब्यबहार गर्नुपर्ने बताए ।

यस्तो बेलामा सजग सबै हुनुपर्छ तर भाडामा बसेको भन्दैमा दुख दिने कोठामा नआइज भन्न कदापी नमिल्ने बताउछन । दिपक न्यौपानेते तयारपारेको समाचार ।

सम्बन्धित शिर्षक :