शुद्धोधन गाउँपालिकामा १० वेड क्वारेन्टाइन र ५ बेड आइसुलेसन

स्वास्थ्यसमाचार /कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरण गर्न रुपन्देहिको शुद्धोधन गाउपालिकाले क्वारेन्टाइन र आइसुलेसन निर्माण गर्ने भएको छ ।

प्रदेश ५ सांसदद्वय तुलसी चौधरी ,पुस्पा चौधरी ,गाउपालिका अध्यक्षकिसुन चन्द चौधरी ,उपाध्यक्ष शान्तादेवी ज्ञवाली ,गाउपालिकाका विभिन्न वडाका जनप्रतिनिधि ,स्वास्थकर्मी,पार्टीका प्रतिनिधि,प्रहरी,कर्मचारी पत्रकार सम्मीलित आकस्मिक बैठक बसि गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको संयोजकत्वमा २१ सदस्यीय गाउपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिती गठन गरिएको छ।

गठित समितिले शुद्धोधन गाउपालिका वडा ३ मा रहेको यज्ञोदय दुधनाथ बहुमुखी क्याम्पस क्वारेन्टाइन र गाउपालिका वडा न ४ मा मोतिपुर प्राथमिक स्वास्थ केन्द्र मा आइसुलेसन तयार पार्ने निर्णय छ।क्वारेन्टाइनमा अहिले तत्काल निर्माणका १० बेड र आइसुलेसनमा ५ वटा बेड रहने छन ।

भने स्वास्थकर्मी सुरक्षाकर्मी आवश्यकता अनुसार खटाइने गाउपालिका प्रबक्ता राजेन्द्र कडेलले बताए । यस्तै समितिले शुरक्षाकर्मिसङ्ग समन्वय गरि अनावश्यक काममा बाहिर हिडडुल गर्नका लागि पुर्ण रुपमा प्रतिबन्ध लगाउन निर्णय गाउँपालिका का प्रमुख प्रशासकिए प्रमुख अनन्त पाणि मरासिनीले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :