कुपोषण मुक्त पालिका बनाउन बिषेश योजना बनाउछौं :अध्यक्ष बस्याल

स्वास्थ्यसमाचार /शुद्धोधन गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति संग बैठक तथा छलफल भएको छ। सेतो गुराँस बाल विकास सेवा रुपन्देही, हेलन केलर इन्टरनेशनलको संयुक्त साझेदारी सहयोगमा छलफल भएको हो ।

शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रम वोल्दै अध्यक्षले बजारमा पाइने विषादीयुक्त तरकारी, जंकफुड, केमिकल राखेको जुस खानाले नै मानव स्वास्थ्यमा गम्भिर असर गरेको बताउनु भयो ।
उत्पादनमुखी व्यवसायका कारण बढ्दो विषादी प्रयोग गरेको खानाले विशेषगरी सुत्केरी र बालवालिकालाई प्रत्यक्ष असर पारेका बताउनु भयो ।

उहाले बालबालिकाहरुको पोषण तथा खाध्य आहारमा अन्य स्थानीय तहरुमा भन्दा सुरक्षित र पोषणयुक्त बनाई कुपोषण मुक्त पालिका बनाउन पालिकाको बिशेष योजना बनाई अगाडि बढ्न पालिकाका सबै वडा अध्यक्ष,विषयगत शाखा प्रमुख हरुलाई अध्यक्ष बस्यालले निर्देशन दिनुभयो ।

शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली,शुद्धोधन ४ का वडा अध्यक्ष तथा प्रव्क्ता केशव प्रसाद अधिकारी ,शुद्धोधन ३ का वडा अध्यक्ष हेम खड्का,शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती लगायतले शुद्धोधन गाउँपालिकाललाई कुपोषण मुक्त पालिका बनाउन पालिकाका बिषयगत तथा सरोकारवाला शाखा प्रमुखहरुको सहकार्य, समन्वय र आपसी सहयोगको अनिवार्यता हुनुपर्नेमा जोड दिनुभएको थियो।

हरेक क्षेत्रबाट समुन्नत बनाउन हरेक पक्षको सहकार्य र समन्वय अनिवार्य हुने उल्लेख गर्दै पालिकाको आफ्नो कर्तब्य र जिम्मेवारीको काम भएपनि साझेदारी संघ संस्थाको सहकार्यले शुद्धोधन गाउँपालिकालाई पोषण कार्यक्रममा सवल बनाई कुपोषणमुक्त पालिका बनाउन सहज हुने उहाँहरुको भनाई छ।

स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले हाल सम्मको डाटा अनुसार सातै वडामा ९३ जना कुपोषित बालबालिकाहरु भेटिएको छ। सो बालबालिका हरुको उपचार भैरहेको बताउनुभयो। सेतो गुराँस बाल विकास सेवा रुपन्देही, हेलन केलर इन्टरनेशनलका सकुन्तला पुन,भरत शर्मा,मिनु पुन,प्रदिप राज पाण्डेले कार्यक्रममाथि प्रकाश पार्दै सहजीकरण गर्नुभएको थियो।

सम्बन्धित शिर्षक :