अस्पताममै रहेकी ठगिसरा मन्त्रीको पहलमा घर फर्किईन

स्वास्थ्यसमाचार/ आर्थिक अभावका कारण अस्पतालबाट विरामी निकाल्न नपाएका पाल्पाका एक परिवारले  विरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

तिलोत्तमा नगरपालिका स्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ की ठगिसरा सोमै (पुजा सोमै)को उपचार शुल्क सामाजिक विकास मन्त्रि सुदर्शन बराललेको पहलमा छुट गराई अस्पतालबाट घर पठाईएको हो ।

मन्त्री बरालको पहलमा १८ वर्षिय ठगिसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासन छुट गर्न सहमत भएको थियो । ८४ दिन अस्पतालमा भर्ना हुदा एक लाख ६२ हजार ४ सय रुपैयाको विल भएको थियो । विरामी सोमैको माईतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय ३० रुपैया शुल्क अस्पताललाई वुझाई सकेका थिए ।

७४ हजार ४ सय ७० रुपैया भुक्तानी गर्न बाकी रहेको थियो । चिकित्सकले घर लैजान सुझाव दिएपनि वाकी शुल्क वुझाउन नसकेका कारण घर जान रोकेर राखेको थियो । गत असोज ८ गते श्रीमान भूमवहादुर सोमैले पुजाको टाउकोमा प्रहार गरी ठूलो चोट लाग्ने गरी घाईते बनाएका थिए ।

असोज २९ गतेदेखी सम्म पाल्पा लुम्विनी मेडिकल कलेजमा भर्ना गएकोमा त्यहा निको नभएकाले तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको पुजाको सहोदर दाजु निस्दी गाउपालिकाका सुवास परियारले जानकारी दिए।

चिकित्सकले एक महिना अघि नै घर लैजान डिस्चार्ज दिएपनि शुल्क तिर्न नसकेकाले घर फर्कन नसकेको अवस्थामा मन्त्री सुदर्शन वरालको पहलमा वहिनीलाई लिएर घर फर्किएको बताए । सहयोगको लागी अन्यत्र धेरै धाईयो मन्त्री ज्यूले अस्पतालमा भनिदिएपछि शुल्कमा छुट पायौ । उनले भने– घर सम्म पुराउने व्यवस्था पनि मिलाईदिनु भयो ।

क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले विरामीको आर्थिक अवस्था कमजोर भएको र मन्त्री ज्यूको आग्रहमा वाकी शुल्क छुट गरी विरामीलाई घर पठाईएको जानकारी दिए। सामाजिक विकास मन्त्री सुदर्शन बरालले कुनै पनि अस्पतालले १० प्रतिशत विरामीलाई विपन्नताका आधारमा निशुल्क उपचार गर्नुपर्ने प्रावधान रहेको बताउदै त्यसलाई प्रभावकारी रुपमा लागु गरिने बताए ।

घरेलु हिंसा पिडित ठगिसराको उपचारमा अस्पतालले गरेको सहयोग श्रहानीय भएको उनले बताए ।

सम्बन्धित शिर्षक :