गुणस्तरीय सेवा दिन प्रदेशमा छिट्टै प्रयोगशाला स्थापना: मन्त्री बराल

स्वास्थ्यसमाचार/ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौद्धारा बुटवलमा स्तरीय अत्याधुनिक प्रयोगशाला निर्माण सम्वन्धमा कार्यशाला गोष्ठी गरिएको छ।

प्रदेश नं ५ मा बन्ने अत्याधुनिक प्रयोगशाला निर्माणको लागी स्थान छनोट जग्गा र आवश्यक उपकरण जनशक्ती व्यवस्थापन गर्ने उदेश्यले गोष्ठी गरिएको हो । गोष्ठीमा बोल्दै प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश स्तरीय प्रयोगशाला निर्माणको लागि जग्गाको खोजी भईरहेको बताउदै छिट्टै प्रयोगशाला स्थापना गरिने बताए ।

निजी ल्यावले फरक फरक रिपोट दिने बिरामीलाई तनाब दिने भएकोले गुणस्तरीय सेवा दिनको लागी प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला आवश्यक भएको बताए । मन्त्री बरालले प्रदेश भित्र रहेका सबै स्वास्थ्य संस्थामा ल्याब अनिबार्य गराउने समेत बताए । मन्त्री बरालले प्रदेशका सबै जिल्ला अस्पतालमा दुईवटा एम्बुलेन्स, रेडियोलोजी सेवा, पोष्टमार्टम घर बनाउने प्रदेश सरकारको योजना रहेको पनि बताए । मन्त्री बरालले जिल्ला अस्पतालमा सबै सेवा उपलब्ध भएपछि प्रादेशिक अस्पतालमा बिरामीको चाँप कमी हुने बताए ।

सरकारी अस्पतालमा सबै सेवा उपलब्ध भएपछि निजीमा जाने अवस्था अन्त्य गर्ने तरिकाले काम अघि बढाएको बताए । मन्त्री बरालले अहिले रहेका स्थानिय तहमा कार्यरत प्यारामेडीक्सहरुको सेवाप्रति असन्तुष्टी ब्यक्त गरे । उनीहरुले सरकारी संस्थामा औषधी अभाब देखाएर किल्नीकमा ब्यापार गरेको बताए।

गोष्ठीमा बोल्दै सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपीकृष्ण खनालले संघिय सरकारले प्रदेशमा बजेट पठाउदा सानो सानो टुक्रे बजेट नपठाउन आग्रह गरे ।डा खनालले सामाजीक बिकास मन्त्रालयले स्वास्थ्यमा १० करोड बजेट बिनीयोज गरेर काम अघि बढाएको बताए। डा खनालले प्रदेशका २ ठुला अस्पताललाई नमुना अस्पताल बनाउन सामाजीक बिकास मन्त्रालय लागेको बताए ।सचिब डा खनालले स्वास्थ्यमा कर्मचारी ब्यबस्थापनमा समस्या भएको बताए ।

गोष्ठीमा बोल्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकमा डा रुना झाले नेपालमा गुणस्तरी ल्याब नहुदा नहुदा देशबाट ठुलो राजस्व बाहिर गएको बताईन। उनले सबै प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला निमार्णको तयारी भैरहेका बताउदै यस बर्ष २ प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला संञ्चालन गर्ने बताईन । डा झाले ३ बर्ष भित्र ७ वटै प्रदेशसमा जनस्वास्थ्य प्रयोगशाला निमार्ण हुने समेत बताईन । डा झाले नेपालका ल्याबको अबस्था गर्नुपर्ने काम र जनशक्ती अभाब वारे जानकारी गराएकी  थिईन ।

गोष्ठीमा तिलोत्तमा नगरपालिका मेयर बासुदेब घिमिरेले जनस्वास्थ्य प्रयोगशालाको लागी तिलोत्तमा नगरपालिकाले आबश्यक जग्गा उपलब्ध गराउने बताउने बताए ।उनले तिलोत्तमा नगरपालिकालाई पलाष्टीक मुक्त क्षेत्र बनाउन लागी परेको बताउदै बुटबलबाट जाने प्लास्टीक सिरिन्ज र भुण खोलामा नफाल्न आग्रह गरे।

त्यस्तै शिद्धार्थ नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीले पनि जनस्वास्थ्य प्रयोगशालाका लागी आवश्यक जग्गा उपलब्ध गराउने बताए । उनले एक वडा एक स्वास्थ्य संस्था आबश्यक नभएको बताउदै भएकालाई सुबिधा सम्पन्न बनाउनु पर्ने बताए ।

गोष्ठीमा प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी, प्रदेश आपुर्ति महाशाखा प्रमुख दिनेश कुमार चापागाई, लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनाल, सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी, जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरी , लुम्बिनी प्रादेशीक अस्पताल बुटबलका प्याथोलोजीष्ट प्रमुख डा प्रभाकर चौधरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी डा मुकुन्दा शर्माले लगायले बोलेका थिए ।

कार्यक्रम संञ्चालन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब अधिकृत लेखनाथ भटराईले गरेका थिए ।

सम्बन्धित शिर्षक :