योग्यता बिपरित कर्मचारी नियुक्ती गरेपछि जनस्वाथ्य संघको आपत्ती

स्वास्थ्यसमाचार /नेपाल जनस्वाथ्य संघले पछिल्लो समयमा क्षयरोग मुक्त पालिका निर्माण गर्ने भन्दै स्थानीय पालिकाहरुले कार्यक्रम संयोजक करारमा नियुक्ती गर्दा योग्यता अनुरुप भन्दा पनि फरक प्रकृतिबाट नियुक्ती गरिएको भन्दै आपत्ती जनाएको छ ।

केही स्थानीय तहले योग्यता तोकिएको तर छैठौं तह भनी उल्लेख भएकोमा नेपाल जनस्वाथ्य संघ लुम्बिनी प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष हेमराज पाण्डेद्वारा जारी प्रेस विज्ञप्तीमा मौजुदा नेपाल स्वाथ्य सेवा ऐन २०५३ र नेपाल स्वाथ्य सेवा नियमावली २०५५ मा जनस्वास्थ्य तहमा स्नातक उत्र्तीर्णलार्य हे.ई. समुह अन्र्तगत जनस्वाथ्य अधिकृत, सातौ तहमा नियुक्ती गर्ने व्यवस्था उल्लेख भएको तर पछिल्लो समयमा प्रकाशित विज्ञापनमा छैठौं तह भनि उल्लेख गरिएकोमा गम्भिर आपत्ती जनाएको उल्लेख गरेका हुन ।

विज्ञप्तीमा भनिएको छ–‘कार्यक्रम संयोजक, सातौ तह कायम गर्नुहुन सम्बद्ध स्थानीय तहलाई अनुरोध गर्न चाहान्छौ । ’

 

सम्बन्धित शिर्षक :