कञ्चनका शिक्षकहरु लाई आयुर्वेद तथा योग सम्बन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबलको आयोजना र कञ्चन गाउँपालिकाको समन्वयमा शिक्षकहरुको लागि आयुर्वेद तथा योग सम्बन्धी तिन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई आयुर्वेद र योग सम्बन्धी अभिमुखीकरण गरिएको लुम्बिनी आयुर्वेद चिकित्सालय का बरिष्ठ कबिराज निरीक्षक गणेश सापकोटाले बताउनु भयो।

उहाले आयुर्वेद तथा योग सम्बन्धी अभिमुखीकरण कार्यक्रमले सकारात्मक सोचको विकासको साथै शरीरलाई स्वस्थ र निरोगी बनाउने उदेश्य का साथ रुपन्देहीका पालिका भित्रका बिद्यालयमा यो कार्यक्रम सञ्चालन गरि शिक्षकहरुलाई अभिमुखीकरण गरिएको बताउनु भयो ।

लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा प्रवेश श्रविास्तबको अध्यक्षता कञ्चन गाउँपालिकाका अध्यक्ष नबराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै पालिका अध्यक्ष ढकालले उहाले शिक्षकहरुलाई आयुर्वेद कार्यक्रमले समाजमा आयुर्वेद र योगको विषयमा प्रभावकारीता बढाउने बताउनु भयो।

उहाले शिक्षकहरूबाट विद्यार्थीहरूमा विद्यार्थीबाट आम नागरिकमा योग तथा आयुर्वेद सम्बन्धी जानकारी हुने भएकोले यो अभिमुखीकरण उपलब्धी मुलक रहेको बताउनु भयो।

अभिमुखीकरण समापन कार्यक्रममा बोल्दै लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा प्रवेश श्रीवास्तवले यस्तो खालको कार्यक्रम शिक्षकहरुले विद्यार्थीमार्फत सबै माझ पु¥याउन सके यसको महत्व धेरै हुने वताउनु भयो।

उहाले योग तथा आयुर्वेद महत्व रहेकाले आयुर्वेद स्वास्थ्य सम्बन्धी सबैले जान्न आवश्यक रहेको डा श्रविास्तबको भनाई थियो । उहाले खानपान, सर्ने नसर्ने रोग निवारणका निम्ति योग तथा आयुर्वेदको महत्व रहेको बताउदै विश्वव्यापी रुपमा ७० प्रतिशत भन्दा बढी मानिसहरु नसर्ने रोगबाट मर्ने गरेकोले यसलाई न्यूनिकरण गर्नका लागि हाम्रो जीवनशैलीमा परिर्वतन गर्नुपर्ने, योग, व्यायाम, प्रणायम जस्ता कुरामा ध्यान दिनुपर्ने वताउनु भयो ।

उहाले तिन दिन सम्म प्राक्टिकल सहित यी र यस्तै बारे जानकारी गराएको बताउनु भयो।उहाले सरकारको लक्ष्य ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई सार्थकता दिनका लागि सबै नागरिकले आ–आफनो स्वास्थ्यको जिम्मेवारी लिन सकुन् भन्ने उद्देश्य हाम्रो रहेको वताउनु भयो।

अभिमुखीकरणमा पालिका भित्रका शिक्षक तथा शिक्षिकाहरु लगायतको सहभागी रहेको बरिष्ठ कबिराज निरीक्षक सापकोटाले बताउनु भयो।

 

सम्बन्धित शिर्षक :