युसिएमएस कलेजलाई पैसा अपुग भएको भन्दैै बिद्यार्थीले चन्दा उठाए

स्वास्थ्यसमाचार /सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएकोमा आन्दोलन गरिरहेका मेडिकल कलेजका  बिद्यार्थीहरुले कलेजलाई पैसा नपुगेको भन्दै दान पेटीमा चन्दा उठाएका छन ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाका बिद्यार्थीहरुले आज अतिरिक्त शुल्कको निम्ति सहयोग भन्दै सडकमा चन्दा उठाएका हुन । साथै उनिहरुले सरकार र मेडिकल कलेज संचालकहरुबिच भएको सहमतिको बिरोध गर्दै हाते साङ्लो बनाएर बिरोध गरेका छन ।

सो कलेजका विध्यार्थीहरुले विरोध स्वरुप आज उन्तीसौ दिन र रिले अनसन सुरु गरेको १५ औ दिन सम्म चलेको छ ।

सम्बन्धित शिर्षक :