स्वास्थ्यसमाचार /बर्दियामा सर्पको टोकाईबाट ५ वर्षिय बालकको मृत्यु भएको छ । बाँसगढी नगरपालिका ३ का जय थारुको गोमन सर्पको टोकाईबाट आज मध्यान्न मृत्यु भएको हो ।
जयलाई घरको आगनमा गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्याइएका ती बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।‘निकै विषालु गोमन सर्पले ती बालकको डसेको रहिछ भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.कृष्ण आचार्यले भने, ‘अस्पतालमा ल्याउँदा डेथ भइसकेको थियो ।’
सर्पदंशबाट उपचारकै क्रममा भेरी अस्पतालमा ४ जनाको मृत्यु भएको छ ।बैशाखदेखि भदौं महिनासम्म उपचारका क्रममा ४ जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.आचार्यले जानकारी दिए।
त्यसैगरी उपचारका लागि अस्पताल पु¥याईएका मध्ये ५ जनाको बाटोमै मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पतालमा पु¥याईएको थियो ।
पाँच महिनाको अवधिमा भेरी अस्पतालमा ४ सय २० जना सर्पर्दशका बिरामीको उपचार गरिएको छ । अहिले दुई जना सर्पदंशका बिरामी उपचारका लागि भर्नारत छन् । तीमध्ये एक जना वार्ड र अर्का आइसीयूमा उपचारत रहेको पनि डा. आचार्यले बताए ।
प्रतिकया दिनुहोस्