स्वास्थ्य मन्त्रालय लुम्बिनीमा डाक्टर, नर्स, सहित ६९ जनालाई जागिरको अवसर

स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश राप्ती उपत्यका (देउखुरी), ले बिभिन्न पदमा चिकित्सक तथा नर्स करारका लागि आवेदन माग गरेको छ।

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयहरुमा नेपाल स्वास्थ्य सेवा, विभिन्न समुह/उपसमूहका सात आठ तह र नवौं तह विशेषज्ञ चिकित्सक को स्वीकृत दरबन्दीमा रहेका रिक्त तपसिलका पदमा लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्विकृत करार कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९“ बमोजिम अस्थायी करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ सात दिन भित्र रितपूर्वकको दरखास्त फाराम पेश गर्न हुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

मन्त्रालयले आज सूचना निकाल्दै ६३ जना डाक्टर र   नर्सलाई करारमा नियुक्त गर्न लागेको जानकारी दिएको हो। सूचना अनुसार योग्यता पुगेका इच्छुक नागरिकले बैसाख २० गतेसम्म आवेदन दिन सक्नेछन्।

हेरौं सूचना

सम्बन्धित शिर्षक :