सैनामैनामा सिकल सेल तथा थालसेमिया रोग सम्बन्धी अभिमुखिकरण

स्वास्थ्यसमाचार / सैनामैना नगरपालिकामा सिकल सेल तथा थालसेमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सैनामैनाको वाँसगढी आधारभुत स्वास्थ्य चौकी सैनामैना नगरपालिका वडा नं १मा तथा बिद्यालयमा सिकल सेल तथा थालसेमिया रोग समन्धि जानकारी दिने उदेश्यले स्थानिय तथा बिद्याथीहरुलाई अभिमुखीकरण गरिएको हो।

सैनामैना नगरपालिका वडा नं ८का वडा अध्यक्ष बुद्धिराम चौधरीकोे अध्यक्षता जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका मलेरिया निरिक्षक रत्नलाल शर्मा सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वरी प्रसाद न्यौपाने स्वास्थ्य शाखाका दिपक पान्डेय आधारभुत स्वास्थ्य केन्द्र बाँसगढीका प्रमुख बिन्दु अर्याल पत्रकार चन्द्रकान्त खनालको आतिथ्यतामा भएको कार्यक्रममा सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि जानकारी दिपक पान्डेयले जानकारी गराउनु भएको थियो ।

उहाले सहजीकरण कै क्रममा सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग रहेको बताउदै त्यसको रोकथामका लागि बैलेमा सबै सचेतहुन आग्रह गर्नुभएको थियो ।

नेपालको मध्य,बर्दिया,कैलाली,कंचनपुर,कपिलवस्तु,नवलपरासी,बाँके ,र रुपन्देही जिल्लाहरूमा देखिएको छ।भने थालासेमिया रोग नेपालीको सबै भागहरुमा देखिएको उहाले बताउनु भयो।

यो रोग रोग आमा बुबाबाट छोरा छोरीमा सर्ने भएकै कारण आमा र बाबा बन्नु भन्दा यस्को ग्रिानि गर्नु नै सबैभन्दा उत्तम उपाए रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका मलेरिया निरिक्षक रत्नलाल शर्माले यो रोग जिनमा हुने खराबीले गर्दा हुने भएक कारण यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारको हुने  भएकाले रक्त सञ्चार प्रवाहमा असर गर्ने वताउनु भयो।

शर्माले शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाई हुने अनि रक्तअल्पताको समस्या समेत हुने भएकाले त्यस तर्फ सबै सचेत हुन जरुरी रहेको वताउनु भयो।

सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले सैनामैनामा २ सय परिक्षणमा यस बर्ष १३ जनामा सिकलसेलका बिरामी देखिएको बताउनु भयो। सैनामैना भोली बिद्यालयमा पनि भोली रगत परिक्षण वताउनु भयो।

समापन कार्यक्रममा बोल्दै बडा अध्यक्ष बुद्धिराम चौधरीले सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग रहेको बताउदै त्यसको रोकथामका लागि बैलेमा सबै सचेतहुन आग्रह गर्नु भएको थियो।

उहाले वडा नगरले यस्ता जनचेतनामुलक कार्यक्रम गर्ने बताउनु भयो। स्थानिय बासिन्दा महिला स्वयम सेबिकास लगायतको सहभागीता रहेको कार्यक्रमकोसञ्चालक स्वास्थ्य शाखा प्रमुख बिन्दु अर्यालले गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :