ए.एच.एफ नेपालले सरकार सग थप ५ बर्ष सहकार्य गर्ने

स्वास्थ्यसमाचार/ एचआईभी संक्रमितहरुको सामाजमा पुर्नस्थापना, संक्रमण थप फैलिन नदिँन र एचआईभी लाग्न नदिनका पुर्व सचेतना लगायतका विविध विषयमा सबैजनाले साझा पहल गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

स्वाथ्य निर्देशनालयको आयोजना तथा एड्स एल्थकेयर फाउन्डेसन नेपालको संमन्वय र सहयोगमा बुटवलमा भएको प्रादेशिक नयाँ पञ्चबर्षिय परियोजना शुभारम्भ बारे जानकारी दिन आयोजित सरोकारवालाहरुको बैठकमा सहभागीहरुले एचआईभीको संक्रमण शुन्यमा पु¥याउनको लागि सबै जनाले हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले एचआईभी संक्रमितहरुको समाजमा पुर्नस्थापनाका लागि स्थानीय तहबाट गर्नुपर्ने सहयोग गर्नको लागि बुटवल उपमहानगरपालिका जहिले पनि तयार रहेको बताए ।

उनले स्थानीय तह, प्रदेश सरकार संघीय सरकारको साझा पहलबाट नै संक्रमितहरुको सेवा र नयाँ संक्रमण फैलिन बाट रोक्न सकिने समेत बताएका थिए । जनचेतना अभिवृद्धिबाट एचआईभी संक्रमित रोक्ने पहिलो हतियार भएको भन्दै उनले यसबाट बच्ने उपाय, सुरक्षित रहिने उपायको विषयमा जनचेतना अभिबृद्धिका कार्य जरुरी रहेको बताएका थिए ।

यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालय राप्ती दाङका निमित्त निर्देशक रामजन्म कुर्मीले विगत लामो समय देखि स्वाथ्य निर्देशनालय ले एचआईभीको रोकथाम, संक्रमितहरुको उपचार र संक्रमित परिवारको समाजमा आयआर्जन सहितको पुर्नस्थापनाका लागि विभिन्न काम गर्दै आएको बताए ।

उनले विभिन्न सरकारी तथा गैरसकारी संघ संस्थाहरुको पहलमा उपचारका काम समेत निरन्तर रहेको समेत बताएका थिए । कार्यक्रममा ए.एच् एफ् नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिब्यराज जोशीले नेपालमा एचआईभीको संक्रमण दर नियन्त्रण सहित संक्रमितहरुको सेवाका लागि, उनीहरुको उपचारका लागि संस्थाले काम गर्दै आएको बताए ।

उनले नयाँ सुरुवात भएको पञ्चबर्षिय परियोजनाले एचआईभी संक्रमितहरुको उपचार सहित आय आर्जन लगायतका विषयमा काम गर्ने उनले बताएका थिए । कार्यक्रममा परियोजना बारे जानकारी दिदै एएचएफ नेपाल लुम्बिनी प्रदेश कायक्रम संयोजक धर्मराज भट्टराइले सन् २०२२ नोभेम्बर ११ देखि सन् २०२७ नोभेम्बर १० सम्मका लागि परियोजना नेपालमा लागू हुने बताए ।

परियोजनाले एचआईभी संक्रमितहरुको लागि काम गर्ने बताएका थिए । उनले परियोजना बुटवल, कपिलवस्तु र भेरी मा जारी रहेको जानकारी दिदै नेपाल सरकार, लक्षित बर्ग, ए एच् एफ र अन्य सरकोकारवाहरुलाई मासिक, चौमासिक, अर्धवार्षिक र बार्षिक रुपमा पुर्व निर्धारित माध्यमहरु मार्फत प्रगति विवरण समेत उपलब्ध गराउने छ ।

योजनाको मुल लक्ष्यमा नेपाल सरकारलाई दिगो विकास लक्ष्य तथा राष्ट्रिय एचआईभी रणनीति योजना २०२१–२०२६ ले परिकल्पना गरेको लक्ष्य प्राप्तीका गर्नका लागि एचआईभीको सेवा गुणस्तरिय बनाउँदै एआरटी केन्द्रबाट सेवा प्रदान गर्न सहयोग पुर्याउने गरेको प्रमुख भट्टराइले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रका निर्देशक रोशनलाल चौधरी, स्वास्थ्य तालिम केन्द्रका प्रमुख नुर नारायण चौधरी लुम्बिनी प्रादेशिक अस्पतालका डा बिष्णु गौतम, फिजीसियन डा कृष्ण खनाल प्रशासकिय अधिकृत राजन केसी,जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकाल आनिक राना लगायले बोलेका थिए।

कार्यक्रमको संञ्चालन लुम्बिनी प्रादेशिक अस्पताल एआरटी फोकल पर्शन भिम ज्ञाबलीले गरेका थिए।

सम्बन्धित शिर्षक :