मुख्यमन्त्री गिरीद्वारा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानको शुभारम्भ

स्वास्थ्यसमाचार/ मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सुरु भएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानको आज एक संक्षिप्त समारोहबीच दाङको देउखुरीबाट शुभारम्भ गर्नुभएको छ ।

राप्ती उपत्यकाको देउखुरी पिपरी स्थित स्वास्थ्य चौकीमा आयोजित संक्षिप्त अभियानको सुभारम्भ गर्नुभयो । लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, बाँकेसहित मुलुकका १५ जिल्लामा यो अभियान सुरु भएको छ । अभियान फागुन २५ गतेसम्म सन्चालन हुनेछ ।

झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सन्चालन भएको हो ।

दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।

तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा सार्वजनिक स्थलहरुमा औषधि खुवाउने भएकाले आफूलाई पायक पर्ने ठाउँमा पुगेर औषधि सेवन गर्न मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ । औषधि सेवनले हाम्रो शरीरमा हात्तीपाइले रोगको परजीवि भए नस्ट गर्ने र हात्तीपाइले रोगबाट बचाउने स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निन्छ र मानिसको ज्यान पनि जानसक्छ ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश भौतिक पूर्वधार विकास मन्त्री इन्द्रजित थारूको विशिष्ट आतिथ्यताको कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वागत तथा बिषय प्रबेश गराएका थिए भने कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

सम्बन्धित शिर्षक :