एन्टीबायोटीकको उच्च प्रयोगले यसरी खराब बनाउँछ मिर्गौलालाई

स्वास्थ्यसमाचार/ सामान्य पेट दुख्छ, ज्वरो आउँछ, घाउ हुन्छ । हामी यसको तुरुन्त निदान खोज्छौं । त्यसका लागि औषधी चपाउँछौ । अर्थात सामान्य शारीरिक समस्याको प्राकृतिक उपचार खोज्दैनौ । शरीरमा विभिन्न रोगको संक्रमणका कारण विभिन्न ब्याक्टेरिया तथा भाइरसको संक्रमण हुने गर्छ । यस्ता व्याक्टेरिया तथा भाइरसको संक्रमणलाई कम गर्न एन्टीबायोटिक्स सेवन गर्न दिइन्छ । एन्टीबायोटिक औषधीको प्रयोगले शरीरमा रहेका व्याक्टेरिया तथा भाइरसलाई नष्ट पार्ने गर्छ । तर सबै एन्टीबायोटिक्सले शरीरका खराब व्याक्टेरियालाई मात्र नभएर असर व्याक्टेरियालाई पनि असर पार्ने गर्छ । जुन शरीरको नियमित कामको लागि पनि आवश्यक पर्ने गर्छ ।…