स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ र ३ कार्तिकमा देशभरका बालबालिका लाई भिटामिन ए र जुकाको औषधि खुवाउने निर्णय गरेको छ ।
आर्थिक वर्ष ०७६र७७ अन्तर्गतका पहिलो चरण ७सय ५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक देखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
यो अवधीमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लामा पाँच वर्ष मुनिका बालबालिकाहरुको एमआइसियू टेपबाट पोषणस्थिति लेखाजोखा र ६ देखि २२ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषण तत्व बालभिटा वितरण गर्न कार्यक्रम छ ।
प्रतिकया दिनुहोस्